logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • २२ अर्ब विद्युत वक्यौता रकम नउठाउनेमाथि छानविन गर्न संसदीय समिति बनाउनुपर्छ : सांसद बाँस्कोटा

    २२ अर्ब विद्युत वक्यौता रकम नउठाउनेमाथि छानविन गर्न संसदीय समिति बनाउनुपर्छ : सांसद बाँस्कोटा

    343
    Shares
    २२ अर्ब विद्युत वक्यौता रकम नउठाउनेमाथि छानविन गर्न संसदीय समिति बनाउनुपर्छ : सांसद बाँस्कोटा

    काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले डेडिकेटेड र ट्रंकलाइनको २२ अर्ब रुपैयाँ वक्यौता रकम नउठाउनेहरुप्रति छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने बताएका छन् ।

    बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बाँस्कोटाले डेडिकेटेड ट्रंकलाइनको वक्यौता रकम २२ अर्ब रुपैयाँ भएको भन्दै सबै रकम उठाउनुपर्ने बताएका हुन् ।

    उनले सार्वजनिक लेखा समितिको निष्कर्ष पनि २२ अर्ब रुपैयाँ नै उठाउनुपर्छ भन्ने रहेको बताए । उनले लेखा समितिलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिने हो भने शक्तिशाली संसदीय छानविन समिति गठन गर्नुपर्ने बताए । उनले प्राधिकरणको नेतृत्वमा ७ वर्षदेखि एउटै व्यक्ति भएको भन्दै प्राधिकरणको अन्य कुराहरु पनि हेर्नुपर्ने बताए ।

    उनले भने – ‘लेखा समितिको निष्कर्ष के हो भने २२ अर्ब रुपैयाँ महालेखा परिक्षकले बेरुजु देखाएको छ । त्यो पैसा उठ्नुपर्छ । हामीले भनेको त्यही हो । त्यो पैसा उठाउने जिम्मेवारी जसको छ, त्यो पैसा किन उठेन भनेर हामीले भनेको हो । पैसा उठाउने जिम्मेवारी लिएकोले पनि उठाएको देखिदैन । उठाउन खोजेनन् माफियाहरुको संरक्षण गर्न खोजे भनेर भन्ने प्रतिपक्षी दलको नेताले पनि दुईवटा पत्र लेखेर उठाउनु पर्दैन भन्नुभयो ।

    त्यसो भए हामीले सोध्नुपर्यो माफियासँगको संरक्षण कसको पालामा कसरी भएको रहेछ ? किन रहेछ ? अब हामी सोध्छौँ । लेखा समितिले पुग्दैन भने संसदबाट एउटा शक्तिशाली छानविन समिति गठन गरियोस् । किन २२ अर्ब रुपैयाँ उठेन ? कसका कारणले उठेन ? कसले पत्र लेखेर रोक्यो ? त्यो चिज त चाहियो । ७ वर्षदेखि एउटै मान्छेले नेतृत्व गरेको छ । अरु पनि हेर्नु छ त्यसभित्र । लेखा समितिले स्वतन्त्रतापूर्वक काम गर्न पाउँदैन भने छानविन समिति बनाउनुपर्छ ।

    यो अहिले बनेको सरकार यो भन्दा गतिलो संख्या पुग्दैन । यो संख्याप्रति जनताको आशा छ, विश्वास छ । यो समिकरणप्रति जवाफदेहिता पनि छ । प्रचण्डजीले अर्को पनि भन्नुभयो, उहाँले धम्किपूर्ण प्रेमगीतको सुसेली हाल्नुभयो । म कहाँ नआउ है भनेर । कोही पनि आउनेवाला छैन । भ्रममा नपर्नु । एक्लै लड्नु । भनेकै त्यही हो ।’

    सांसद बाँस्कोटाले वर्तमान सरकारप्रति जनताको आशा भएको बताए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि आफूलाई खोज्दै नआउन भनेको भन्दै दाहाललाई खोज्न कोही नआउने बताए । उनले दाहाललाई कोही खोज्न आउने भ्रममा नपर्न आग्रह समेत गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend