logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • सरकारले भ्रष्टाचारका मुद्दामा हदम्याद नराख्ने

    सरकारले भ्रष्टाचारका मुद्दामा हदम्याद नराख्ने

    483
    Shares
    सरकारले भ्रष्टाचारका मुद्दामा हदम्याद नराख्ने

    काठमाडौँ । भ्रष्टाचार कसुरमा ५ वर्षे हदम्याद हटाउन सरकार तयार भएको छ । गृहमन्त्री रमेश लेखकले शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचारको कसुरमा उजुरी अनुसन्धान गर्न ५ वर्षे हदम्याद हटाउन सरकार तयार रहेको बताएका हुन् ।

    यसअघि विधेयकमा भ्रष्टाचारका मुद्दा चलाउन ५ वर्षे हदम्याद राखेपछि चौतर्फी विरोध भएको थियो । सडकदेखि संसदसम्म भ्रष्टाचारका मुद्दामा ५ वर्षे हदम्याद हटाउन चर्काे बिरोध भएपछि हदम्याद हटाउन सरकार तयार भएको हो ।

    गृहमन्त्री लेखकले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलका क्रममा ५ वर्षे हदम्याद नराखी पुरानै व्यवस्था राख्न आग्रह गरे ।

    समिति सदस्यहरुले धारणा राखिसकेपछि समिति सभापति रामहरि खतिवडाले भ्रष्टाचारको अनुसन्धानमा पाँच वर्षको हदम्याद रहने सम्बन्धी प्रस्तावित व्यवस्था हटाउने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई समिति सदस्यहरुले सर्वसम्मतिले पास गरेका हुन् ।

    सरकारले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक २०७५ सालमा संसद्मा दर्ता गरेको थियो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend