logo

२०८१ असोज ८ मंगलबार

logo
  • मंगलबार, ८ असोज २०८१
  • देशको नेतृत्व गर्ने योजनासहित राप्रपा मैदानमा उत्रिनु आवश्यक छ : पूर्वअध्यक्ष लोहनी

    देशको नेतृत्व गर्ने योजनासहित राप्रपा मैदानमा उत्रिनु आवश्यक छ : पूर्वअध्यक्ष लोहनी

    280
    Shares
    देशको नेतृत्व गर्ने योजनासहित राप्रपा मैदानमा उत्रिनु आवश्यक छ : पूर्वअध्यक्ष लोहनी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशलाई संकटबाट मुक्त गर्न राप्रपाले भुमिका खेल्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा पार्टीको केन्द्रीय सल्लाहकार समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले देशमा संकट छ भन्नेहरु धेरै भएपनि त्यसको समाधान गर्नेहरु नपाएको बताए । उनले अरु राजनीतिक दलहरुले पनि संकट रहेको भनिरहेपनि संकटमुक्त कसरी गर्ने भन्ने योजनासहित राप्रपा अघि बढ्न आवश्यक रहेको बताए ।

    उनले देशको नेतृत्व गर्ने योजनासहित राप्रपा मैदानमा उत्रिनु आवश्यक रहेको बताए । उनले राप्रपाले बोलेका कुराहरुले नागरिकमा कस्तो प्रभाव परेको छ भन्नेबारेमा जनस्तरमा पुगेर सुझाव लिनुपर्ने बताए । उनले पार्टीमा कसैलाई पनि देवत्वकरण नगरी यथार्थ आवाज उठाउन आग्रह गरे ।

    उनले भने, ‘ठिक छ, देशमा संकट छ भनेर त हामीले ठाउँ ठाउँमा भनेका छौँ । अरु पार्टीले पनि भनेको छ । माओवादी र एमाले पनि त्यही भन्छ । यो संकटको परिस्थितिमा हामीले खेल्ने भुमिका के ? राप्रपाले भोलि देशलाई हाँक्ने किसिमले जान खेल्ने भुमिको के ? हामीले बोलेका कुराले जनतामा केही प्रभाव परेको छ, सन्देश के गएको छ ? त्यसको बारेमा पनि बताउनुस् ।

    पार्टीमा तपाईंहरुले कसैलाई पनि देवत्वकरण गर्ने काम नगर्नुस् । यो पार्टी हामी सबैको हो । सबै कार्यकर्ताहरुको हो । पार्टीमा ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्न सक्नुस् ।’

    नेता लोहनीले संसद अहिले संसद जसरी चल्न नसकेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend