logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ढुक्क हुनुस् नरेन्द्र मोदीले नेपाली भुमि फिर्ता गर्छन

    ढुक्क हुनुस् नरेन्द्र मोदीले नेपाली भुमि फिर्ता गर्छन

    7.2K
    Shares

    प्रदिप आचार्य 

    हुनत नेपालीलाई कोभिड १९ ले धेरै थरी विज्ञ वनाईदिएको छ, तर पनि पक्तिकारले विगतमा पनि राजनितिक र व्यापारीक रणनितिलाई आधार वनाएर लेख लेखेको भएपनि अन्तराष्ट्रिय परिस्थिति र सम्वन्धका वारेमा नितान्त नौलो प्रयास हो ।

    कस्मीर समस्या पछिको नयाँ  नक्सा जारी देखी आजसम्म नेपालमा भएका वहसहरु, यस अघिका धेरै पत्रपत्रिकामा छापिएका समाचार र विचारहरु लिम्पियाधुरा, लिपुलेक र कालापानि नेपालको भुमि प्रमाणित गर्ने प्रकृतिका छन् भने धेरै नेपाल भारत सम्वन्धका पनि  खाली  आज यो आलेखमा नेपालले नक्सा निकाल्न भन्दा अघि र पछिका भारतिय व्यवहार, राजनितिक स्वार्थ, व्यापारीक रणनिति र केही भारतिय राजनितिको वारेमा चर्चा हुनेछ ।

    नयाँ नक्सा निकालिए पछि र २०१५ को भारतिय नाकावन्दिमा लिएको चट्टानी अडान र त्यसपछि सरकारले लिएका राष्ट्रवादि र दुरदर्शि निर्णयले सम्माननिय केपि शर्मा वलिको राजनेताको छवि प्रष्ट देखिन्छ भने, त्यसै आधारमा जनताले उहा नेतृत्व नेकपालाई अभुतपुर्व मत दिए र विजय गराएका हुन। अव उहाको व्यक्तित्व र छविलाई अरु फुलवुट्टा थपेर वर्णन गर्न जरुरत छ्र्रैन, समकालिन नेतामा मात्र हैन, नेपालको इतिहासमा १, २ नेताको नाम लिदानै उहा पर्नु हुन्छ । हो त्यसैलेत सम्माननिय केपी शर्मा वलिले संसदमा उभिएर वोल्दानै यो कुनै व्यक्तिको राष्ट्रियता प्रमाणित गर्न अरु राजनितिज्ञलाई कमजोर वनाउन आएको हैन, नेपालको भुमि फिर्ता गर्न आम सर्वसाधारणको सार्वजनिक दायित्व हो भन्नुभएका होला । 

    केपी वलि र नरेन्द्र मोदीका धेरै कुरा मिल्छन, उहाहरुका सघंर्ष , राजनितिक इतिहास र करीष्मा धेरै हदसम्म समान प्रकृतिका छन। त्यसैले सतहमा जे जे कुरा आए र भारतिय मिडियाले जे जे कुरा लेखिएपनि दुवै नेता आफ्नो देशको मामलामा समान छन् तर पनि दुवै नेता अन्तराष्ट्रिय सम्वन्धलाई विशेष महत्व दिनेमा पर्छन, त्यसैल भारतिय कग्रेस निकट रहेका पुर्व प्रशासक र राजदुत हरुले नेपाल भारत सम्वन्ध विग्रियो भनिरहदा पनि नेपाल भारत सम्वन्ध त्यो तहमा विग्रिएको छैन वरु मोदी माथि लागेको २०१५ को नाकावन्दि ताकाको कलंको टिका मेटाउने सुर्वण अवसरको रुपमा मैले देखेको छु ।

    भारतिय सस्थापन पक्ष जो भाजपा निकट छन् तिनिहरुको नक्सा निकाल्न भन्दा अघिको र पछिको प्रतिक्रिया विल्कुल फरक छन, फरक हुने आधार धेरै भएपनि सकेसम्म भारत यो परिस्थितिलाई रोक्न चाहान्थ्यो तर नरोकिने अवस्था आएपछि र भारतका छिमेकीमा भारतिय कग्रेसले वनाएको विस्तारवादि छवि सुधार्ने तर्फ भाजपामा वहस हुन थालेको छ, त्यसैको उदारण हो, पुर्व भाजपा  अध्यक्षद्वय  नितिन गड्करी र राजनाथ सिहका भनाइहरु, फरक परिस्थितिमा वोलिएपनि नेपाल असल मित्र र भाई भएको र निकटनातले आएका समस्याहरु वातचित वाटनै हल हुनेछन भनेर नेता द्धोयले भन्नु र भारत चिनको युद्धको तनावकै विच गोर्खालि र महाकालिको चर्चा हुनु नेपाल प्रति नरमनै भएको वुझ्नु पर्दछ। भने भाजपाको विदेश निति वनाउने थिन्क ट्यांकका एक सुर्वमन्यम स्वामिले नेपालसग भारतको सम्वन्ध विग्रनु भारतिय कुटनितिको असफलता भनेर भारतिय कग्रेसले लिदै आएको नितिको जगमाा गरीएका व्यवहारको असफलता तर्फ चित्रित गरेका हुनसक्छन, नक्सा निकालिई सकेपछि भारतिय सेना पतिको वोली फेरीएको छ।  

     यसै विचमा भारतिय राष्ट्रिय कग्रेसका नेता र माओवादि शान्ति प्रकृयादेखी गणतन्त्र सम्मका नेपाल नितिका रणनितिकार करण सिहको विज्ञप्तिले वरु शंका जन्माएको छ, भारतिय सस्थापनलाई नेपाल नितिमा कडा भएर जान सुझाव दिएको छ भने सम्माननिय प्रधानमन्त्रि केपि शर्मा वलिले गम्भिर गल्ति गरेको भनिएको छ जुन नेपाल प्रति भारतिय कग्रेसको धारणामा फेर वदल नआएको देखीयो ।

    नरेन्द्र मोदी भारतिय कग्रेसलाई चाहे सरकारका निर्णयवाट होस वा भाजपका निर्णयवाट होस नेहरु पछि उनका पुस्ताले गरेका गल्ति सुधार्न चाहान्छन भने राजनितिक फाईदा देखिएमा तिनिहरुको विरुद्धमा अर्थात भारतिय कग्रेस विरुद्धमा उत्रन्छन् । तसर्थ नेहरु र इन्दिरा गान्धिले गरेका गल्तिका कारण आज धेरै ठाउमा भारतको सिमा विवाद छ भने भारतको धेरैनै विस्तारवादि छवि वनेको छ । नरेन्द्र मोदी कोरोना कहरकै विच विमस्टेक, आई विवि, एन भनेर हिडेका मोदीले सार्क सम्झनु संयोग हैन, केहि आफैले अघिल्लो कार्यकालमा गरेका गल्ति र केही भारतिय कगे्रेसले गरेका गल्ति सुधार्ने तर्फ नगहएका हुन भन्न सकिदैन ।

    चिन भारत युद्धले हिसांत्मक रुप लिई सकेपछि भारतलाई पनि नेपाल सम्वन्ध सुर्धान दवाव वढेर जानेछ । भारतलाई पनि नेपाल सम्वन्ध सुधारेर जादा सामाजिक, सास्कृतिक सम्वन्ध मात्र हैन धेरै फ्रन्टमा अर्थात मुख्यत आर्थिक हिसावले पनि फाईदा जनक हुनेछन् , नेपाली हरु विदेशीको सिको निकै चाडो गर्छन, भारतियले भनेको व्वाइकट मेडइन चाइना, नेपाल मा व्वाईकट मेडइन इन्डिया नआउला भन्न सकिदैन, चिनको जुन कुरामा सवालनै छैन, भारतिय मिडियाहरु नक्सा निकाल्नु चिन देख्नुले हामिलाई झन चिन नजिक पुर्याउछ, त्यो कुरा भारतिय विदेश मन्त्रालयले राम्रो सग वुझेको छ र मोदीले नेपाल र चिन विचको सिमा विवाद मिलाउछन् र त्यो मिलाउदा उनलाई नेहरुले चिन सग हारेको र त्यसैको शिलशिल हाम्रो नालापानि विषय भएको ले यि दुइ देशको विवाद सम्झौतामानै टुगांए भने अन्यथा हुने छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend