पोखरा । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । नेकपा एमालेले सहभागी हुने ४ मन्त्रीको नाम टुंगो लगाएसँगै मन्त्रिपरिषदले पुर्णत पाउने भएको हो ।
एमालेले मन्त्रीको नाम दिनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिएका छन् ।
एमालेले पद्या जिसी श्रेष्ठको नेतृत्वमा सरकारमा सामेल हुने तयारी गरेको एक नेताले जानकारी दिए । यस्तै, बागलुङका कृष्ण पाठक पनि मन्त्री बन्ने निश्चितजस्तै छ ।
यसैगरी कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याल पनि मन्त्री बन्दैछन् । उनीहरूको जिम्मेवारी भने छलफलकै क्रममा रहेको बताइएको छ ।