सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

१२७ अंकले बढ्यो शेयर बजार, १३ अर्ब माथिको कारोबार

१२७ अंकले बढ्यो शेयर बजार, १३ अर्ब माथिको कारोबार

काठमाडौं । आज शेयर बजारमा भारी अंकको बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक १२७.३२ अंकले बढेर २,८३२ को विन्दुमा कायम भएको छ ।

आज २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३३५ कम्पनीको ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १० करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज गुडविल फाइनान्सको ४६ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ४१ करोड ८८ लाख रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको ३३ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज नेशनल हाइड्रोपावर, वेष्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स र सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज लक्ष्मी उन्नती कोषका इकाईधनीले ४ दशलमव ७१ प्रतिशतका दरले गुमाएका छन् ।

आज सबै उपसूचकमा हरीयाली छाएको छ। आज फाइनान्सको उपसूचकमा लगानीकर्ताको आकर्षण बढी भएको देखिएको छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend