आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

राष्ट्रिय वाणिज्य बैंकले ५ लाखदेखि १ करोड रुपैयाँसम्म शैक्षिक कर्जा दिने

राष्ट्रिय वाणिज्य बैंकले ५ लाखदेखि १ करोड रुपैयाँसम्म शैक्षिक कर्जा दिने

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शैक्षिक कर्जा दिने भएको छ । बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जाको योजना ल्याएको हो ।

बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंकको शैक्षिक कर्जा अन्तर्गत विद्यार्थीहरूले ५ लाख रुपैयाँदेखि १ करोडसम्मको कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छन् ।

यस योजना अन्तर्गत पहिलो किस्ताको रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिन्छ । बैंकले अध्ययनको सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा लगानी गर्ने छ ।

साथै थप जानकारीका लागि नजिकको राष्ट्रिय वाणिज्य बैंकको शाखामा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend