आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

विद्यालय शिक्षा विधेयकलाई व्यवस्थित गर्न उपसमिति गठन हुने

विद्यालय शिक्षा विधेयकलाई व्यवस्थित गर्न उपसमिति गठन हुने

काठमाडौं । विद्यालय शिक्षा विधेयक, २०८० लाई व्यवस्थित गर्न उपसमिति गठन हुने भएको छ ।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समिति सभापति अम्मरबहादुर थापाले उपसमिति गठन गरी विधेयकलाई अझ व्यवस्थित बनाइने बताए ।

उनले असल शिक्षा बनाउनका लागि केके मोडलमा जान सकिने हो ? समितिले पनि प्रस्ताव तयार पार्ने र सरकारको पनि धारणा सुनेर थप व्यवस्थित बनाउन उपसमिति वा समन्वय समिति बनाउने बताए । उनले उपसमिति भने आगामी बैठकबाट बनाइने पनि जानकारी दिए ।

उनले भने, ‘असल शिक्षा बनाउनका लागि केके मोडलमा जान सकिने हो ? हामी पनि प्रस्ताव गरौँ । सरकारको धाराण पनि यसमा संलग्न गरौँ । यसका लागि उपसमिति वा समन्वय समिति बनाएर पनि अघि बढौँ की भन्ने मेरो चाहना छ । मन्त्रीज्युसँग पनि छलफल गरेको छु । यसलाई अन्तिम रुप दिन त्यो राम्रो हुन्छ की जस्तो लागेको छ । सबै दलको प्रतिनिधित्व हुनेगरी त्यो किसिमको समिति बनाउँ भन्ने छ ।

सबै मान्यज्युहरुले अर्को बैठकमा गरौँ भन्नुभएको छ । अर्को बैठकमा यो विधेयकको विषयमा छनोट गरेर कुनकुन विषय ल्याउँदा राम्रो हुन्छ, त्यही कुरा ल्याउने गरी अघि बढौँ ।’

सभापति थापाले विधेयकको विषयमा छनोट गरेर कुनकुन राख्दा विधेयक अझ राम्रो हुन्छ त्यसमा अघि बढ्नेगरी तयारी गर्न पनि आग्रह गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend