logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • अस्पतालका सबै सेवा प्रवाहलाई प्रभावकारी बनाउन संसदीय समितिको निर्देशन

    अस्पतालका सबै सेवा प्रवाहलाई प्रभावकारी बनाउन संसदीय समितिको निर्देशन

    343
    Shares
    अस्पतालका सबै सेवा प्रवाहलाई प्रभावकारी बनाउन संसदीय समितिको निर्देशन

    काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले अस्पतालहरुको आकस्मिक लगायत सबै प्रकारका सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

    बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले अस्पतालहरुको आकस्मिक लगायत सबै प्रकारका सेवा प्रवाहलाई प्रभावकारी बनाइ आम नागरिकको सहज रुपमा सेवा पाउने अवस्थाको सुनिश्चित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

    बैठकपछि समितिका सभापति अम्मरबहादुर थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई औषधिको गुणस्तर र सुनिश्चितताका लागि उत्पादन, विक्री वितरण लगायतका कार्यलार्य नियमन गर्न र दर्ता नभएका पोषण परिपूरकहरुको जथाभावी विक्री वितरण भइरहेको गुनासो आएकाले प्रभावकारी अनुगमन गरी नियमन गर्न निर्देशन दिए ।

    त्यस्तै उनले स्वास्थ्य बीमा योजनालाई व्यवस्थित गर्ने, स्वास्थ्य बीमा अन्तर्गत समावेश गरिएका तथा बिरामीका लागि आवश्यक सबै प्रकारका औषधिहरु अस्पतालका फार्मेसीबाटै सहजै प्राप्तिको सुनिश्चित गर्न निर्देशन दिए ।

    आम नागरिकको सहज रुपमा सेवा पाउने अवस्थाको सुनिश्चित गर्ने सम्बन्धमा समितिले विगतमा दिएका निर्देशनहरुको कार्यान्वयन गरी सो को प्रगति विवरण १० दिनभित्र समिति समक्ष उपलब्ध गराउन उनले निर्देशन दिए ।

    उनले भने, ‘आज भएको छलफलको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई औषधिको गुणस्तर र सुनिश्चितताका लागि उत्पादन, विक्री वितरण लगायतका कार्यलार्य नियमन गर्न र दर्ता नभएका पोषण परिपूरकहरुको जथाभावी विक्री वितरण भइरहेको गुनासो आएकाले प्रभावकारी अनुगमन गरी नियमन गर्न निर्देशन दिने ।

    स्वास्थ्य बीमा योजनालाई व्यवस्थित गर्ने, स्वास्थ्य बीमा अन्तर्गत समावेश गरिएका तथा बिरामीका लागि आवश्यक सबै प्रकारका औषधिहरु अस्पतालका फार्मेसीबाटै सहजै प्राप्तिको सुनिश्चित गर्ने लागयतका अस्पतालहरुको आकस्मिक लगायत सबै प्रकारका सेवा प्रवाहलाई प्रभावकारी बनाइ आम नागरिकको सहज रुपमा सेवा पाउने अवस्थाको सुनिश्चित गर्ने सम्बन्धमा समितिले विगतमा दिएका निर्देशनहरुको कार्यान्वयन गरी सो को प्रगति विवरण १० दिनभित्र समिति समक्ष उपलब्ध गराउन निर्देशन दिने ।’

    सभापति थापाले स्वास्थ्य मन्त्रालयबाट यस वर्ष एउटा पनि कानून नआएको बताए । उनले शिक्षा र स्वास्थ्यमा सुधार नगरे देशको भविष्य बनाउन नसकिने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend