logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • सुनमा लगानी सबैभन्दा सुरक्षित: रुबिन रामुदामु

    सुनमा लगानी सबैभन्दा सुरक्षित: रुबिन रामुदामु

    13.2K
    Shares
    सुनमा लगानी सबैभन्दा सुरक्षित: रुबिन रामुदामु

    २६ असार, चितवन – कोभिड १९ महामारीका कारण विश्वमा आर्थिकमन्दीबीच लगानीकर्ताले सुरक्षित लगानीको बाटो खोजेका कारण अन्तराष्र्टिय बजारमा सुनको भाउ विगत केही महिना देखि आकाशिंँदै गएको छ । नेपालमा पनि सुनको भाउ हालसम्मकै उच्चतम विन्दुमा पुगेको छ । सुनको मुल्यको निरन्तर बृद्धिले एकातिर उपभोक्ता मारमा परेका छन त अर्कोतिर बिक्री पनि शुन्य जस्तै भएको छ । सुनको मूल्यमा निरन्तर बृद्धिले सुन व्यवसायीहरु समेत ठूलो रकम जुटाउन नसक्ने अवस्थामा पुगेका छन् भने भविष्यमा मुल्य कति पुग्ने हो अनिश्चितत भए पछि उनीहरु थप अन्यौलमा छन् । झण्डै ५ दशक समय देखि पुख्र्यौली व्यवसायलाई निरन्तर दिँदै आउनु भएका सुनचांँदी व्यवसायी संघ, चितवनका बैकल्पिक उपाध्यक्ष,चेम्बर अफ कमर्स, चितवनका सदस्य, सुनचांँदी साकोसका उपाध्यक्ष ,जय सन्तोषी मांँ सुनचांँदी पसलका सञ्चालक युवा उद्यमी रुवीन दामुसंँग सुन बजारमा देखिएको असाधारण परिस्थितिले सुन व्यवसायी र उपभोक्तामा चुनौतिमात्र सृजना गरेको छ कि अवसर पनि ल्याएको छ त ? भन्ने विषयमा सुनौलो नेपालका लागी चितवन सहकर्मी सगुन चपाईले गरेको कुराकानी :

    सुनको मुल्य विगत केही महिनादेखि निरन्तर बृद्धि हुदै गईरहेको छ किन ?

    कच्चा सुनको मुल्य बृद्धिमा नेपालको बजारले खासै असर पार्दैन । यो अन्तराष्ट्रिय अन्य बजारले यसको मुल्यमा फरक पार्दछ । पछिल्लो समय शेयर बजार, रियलस्टेट , मोटर कम्पनी, हवाईउडान लगायतका क्षेत्रहरु धराशायी भएका छन् । कोभिड १९ का कारण इतिहासमै पहिलोपटक इन्धन खपत नहुंँदा कम्पनीहरुले यस्तो सम्म घोषणा गरे कि फ्रिमा इन्धन पनि भरेर जान पाइने र पैसा पनि दिने उद्घोष गरे । अर्को कुरा विश्वका ठूला बहुराष्ट्रिय कम्पनीहरु धवस्त भए। कतिपय धराशायी हुँने क्रममा छन । जसका कारण यस्ता कम्पनीहरुमा लगानी जोखिम हुनेहुंँदा अन्त्यमा लगानीकर्ताले कच्चा सुनमा सुरक्षित लगानी देखे जसका कारण क्रमशः यसको मुल्य उकालो लाग्दै गईरहेको हो ।
    सुन यस्तो धातु हो यसलाई जहांँ जतिखेर पनि खरिद बिक्री गर्न सकिन्छ । अर्को कुरा चीन र अमेरिकाको व्यापार युद्ध, चीन र भारतको संभावित युद्धका कारण पनि लगानीकर्ताले लगानी सुरक्षित गर्न सुनमा लगानी गरिरहेका छन । पहिले अमेरिकी डलरको भाउ बढ्दा सुनको मुल्य घट्ने , डलर घट्दा सुनको मुल्य बढ्ने गर्दथ्यो । तर अहिले भने सुनको मुल्यलाई अन्र्तराष्ट्रिय वजारमा देखिएका अन्य गतिविधिहरुले पारेको देखिन्छ । नेपालले सुन सबै अन्तराष्ट्रिय बजारबाट खरिद गर्ने भएकोले सोही अनुसार स्वदेशी बजारमा मुल्य उतारचढाव हुने गर्छ ।
    तपाईको बिचारमा यसमा लगानी गर्न किन लगानीकर्ता आकर्षण भए ?
    कुनैपनि लगानीकर्ता सुरक्षित लगानी गरेर फाईदा कमाउन चाहन्छ । शेयर मार्केटस, रियल स्टेटको बजार खस्किदै गएपछि लगानीकर्ताहरुले लगानीको सुरक्षित खोज्छन् अर्थात बढी प्रतिफल प्राप्त हुने ठाउंँमा लगानी गर्छन् । विगत केही बर्षदेखि सुनको मुल्यको निरन्तर बृद्धिका कारण ठूला व्यवसायी तथा लगानी कर्ताले सुन खरीदमा आफ्नो लगानी बढाउंँदै लगेका छन । अन्य क्षेत्रको लगानी समेत सुनमा आएको देखिन्छ । उनीहरुले सुनको बजारको भविष्य देखे जसले गर्दा सुनमा लगानी गर्न प्रतिस्पर्धा भयो । जसका कारण सुनको माग आकासियो र मूल्य पनि उकालो लाग्न शुरु भयो । भोलिका दिनमा अझ सुनको मुल्य आकाशिदै जाने पक्का छ । अझैपनि कोभिड १९ को असर बढ्दै जाने हो भने, अन्य लगानीका क्षेत्रहरुमा थप जोखिम बढ्दै जान्छ । जसका कारण अबको ३,४ महिनामा यसको मुल्य प्रतितोला सवा लाख रुपैयांँ सम्म बृद्धि हुने देखिन्छ ।

    सुनको मुल्य बृद्धिले तपाईंजस्ता व्यवसायी तथा आम उपभोक्ताहरुलाई कस्तो असर पारेको छ ?

    सुनको बजार मुल्यमा निरन्तर वृद्धिले हामीजस्ता साना व्यवसायी र स्थानीय उपभोक्तालाई गम्भिर असर परेको छ । ३ बर्षअघि ५० हजार देखि ६० हजार रुपैयांँ प्रतितोला पुगेको सुनको भाउ अहिले प्रतितोला ९० हजार भन्दा माथि छ । यस्तो अवस्थामा हामीले न सुन बिक्री गर्न सकेका छौं, नत ग्राहकले सुन खरीद गर्न नै । परिणामस्वरुप सुनको कारोबारमा गिराबट आएको छ । यसभन्दा अघि सुन किन्दै आएका ग्राहकले पनि कम परिमाण सुन किन्ने गरेका छन । एकातिर सरकारले सुनमा भन्सार दर तथा अन्य करमा बृद्धि गर्दै लगेको छ अर्को कुरा कारोबार ठप्प छ । यस्तो अवस्थामा सुन सामान्य मानिसको पहुंँचमा पुग्न सकेन । ठूला व्यवसायीलाई सुन जम्मा गरेर भविष्यमा उपलब्धि भएपनि स्थानीय व्यवसायी र उपभोक्तालाई भने मार परेको छ ।

    सुनको मुल्य निरन्तर आकाशिदै जांँदा यसले भविष्यमा कस्तो अवस्था ल्याउला ?
    सुनको कारोबार नियमित गर्न यसको मुल्य स्थिर हुनैपर्छ । अस्थिर भएर बजारपनि अस्थिर हुन्छ । मुल्यमा आउने अप्रत्यासित उतारचढावले व्यापारी र उपभोक्ता दुबैलाई हित गर्दैन । हामी व्यवसायी उपभोक्ता अहिले अन्यौलमा पर्छौं । ठूला लगानीकर्ताले सुनको मूल्य बृद्धिसंँगै यसमा लगानी गर्दै जम्मा गरेपनि साना व्यवसायी भने विस्तारै धराशायी हुदै जान्छन । विस्तारै बहुराष्ट्रिय कम्पनीले कब्जा जमाउंँछ । त्यस्तो अवस्था आएमा ठूला व्यवसायीको उदय र साना व्यवसायीहरु यस पेशाबाट विस्थापित हुनेछन् ।

    सुनको मुल्य बृद्धि र कारोबार ठप्प हुंँदा व्यवसायीलाई के कस्ता अप्ठ्यारा उत्पन्न भएको छ ?
    हामी सुनको निरन्तर मुल्य बृद्धिले दिनप्रतिदिन थला पर्दै गएका छौं । बिशेषगरी चाडबाड , विवाह , पूजामा सुनको बिक्री बढ्ने गथ्र्यौ तर विगत केही बर्षदेखि यी विशेष सिजनहरुमा पनि कारोबार एकदम न्यून छ । औपचारिकताको लागि मात्र ग्राहकले सुन किन्न थालेका छन । सुनको कारोबारमा व्यवसायीको लगानी पनि उत्तिकै हुनाले एकातिर बैंकको ऋणको भार, घरभाडा, कालिगढ, कर्मचारीको तलबका कारण हामी अहिले ऋणात्मक अवस्थाबाट गुज्रिरहेका छौं । गहनाको व्यापार बढ्दा बजारमा सुनको अभाव हुन्छ । सुनको मुल्य बृद्धि हुंँदा बिक्री हुदैन स्टक बस्छ । जसले गर्दा हामी व्यवसायीहरु दोहोरो तेहोरो मारमा परेका छौं ।

    सुनको कारोबारलाई सन्तुलित बनाउन के गर्नुपर्छ ?
    अन्तराष्ट्र्रिय बजारमा सुनको मुल्य निर्धारण हुनेभएपनि नेपालजस्तो विकासोन्मुख देशमा यसको कारोबारलाई गतिदिन र सन्तुलित बनाउन प्रतितोला ५० देखि ६० हजारको अनुपातमा मुल्य स्थिर हुनुपर्छ । सुनको भाउ सामान्य अवस्थामा हुँदा ग्राहकपनि यसतर्फ आकर्षित हुन्छन र हामी जस्ता व्यापारीले पनि ढुक्क भएर काम गर्न सक्छौं । त्यसैले बजार सन्तुलित बनाउन खरीद र बिक्रीबीच सन्तुलन हुनु जरुरी छ ।
    त्यसो भए सुनका व्यवसाय निरन्तर घाटामा जांँदा तपाईहरु किन यही व्यवसायलाई नै निरन्तर दिनुहुन्छ ?
    यो हाम्रो बाध्यता हो । हामीसंँग विकल्प छैन । हाम्रो पुस्तौदेखिको व्यवसाय यही हो र हाम्रो अन्य व्यवसायमा ज्ञान पनि छैन । अहिलेको अवस्थामा हामीले रहरले व्यवसाय गरेका छैनौं । हामीलाई यो व्यवसाय निल्नु न ओकल्नु भएको छ । अहिले यो व्यवसायलाई हामी न निरन्तरता दिन सक्छौं नत बन्द गर्ननै । यसरीनै सुनको मुल्य उकालो लाग्दै गए अबको पुस्ता यो क्षेत्रमा आउने वातावरण म देख्दिन । भएका पनि विस्थापित हुने अवस्था आउने छ ।

    अन्त्यमा, तपाईं आम उपभोक्ता, ग्राहकलाई के भन्न चाहनुहुन्छ ?
    व्यवसायीको तर्फबाट म के भन्न चाहन्छु भने तपाई आम ग्राहक , उपभोक्ताले आफूसंँग पैसा छ भने गहना बनाएर राख्नुस् । गहना किनेर राख्दा घाटा पर्दैन । यसले दिर्घकालिन रुपमा फाइदानै गर्छ । उपभोक्ताले यसलाई लगाएर हिंँड्दा सामाजिक प्रतिष्ठा पनि बढ्छ । जुनसुकै समयमा बिक्री गरेर आफ्नो समस्या समाधान गर्न पनि सकिन्छ । यो अरु घरायसी सामान तथा कपडाजस्तो हुदैन । निश्चित समयमा गएर नष्ट हुने हुदैन । जसले गर्दा घरमा अथवा बैंकमा पैसा जम्मा गरेर पैसा राख्न्ुभन्दा सुनमा लगानी गर्दा बढी फाईदा हुन्छ । अन्य क्षेत्रमा लगानी अनिश्चित देखिएको अवस्थामा सुनमा लगानी सबैभन्दा सुरक्षित छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend