logo

२०८१ असोज १ मंगलबार

logo
  • मंगलबार, १ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    मोडेल एलिनाको म्युजिक भिडियो सार्वजनिक

    मोडेल एलिनाको म्युजिक भिडियो सार्वजनिक

    539
    Shares
    मोडेल एलिनाको म्युजिक भिडियो सार्वजनिक

    काठमाडौँ । अहिलेको ब्यस्त मोडेल एवं सञ्चारकर्मी एलिना थपलियाको अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । २ वर्ष देखि कलाकारिता क्षेत्रमा लागि परेकी एलिना थपलिया अहिलेको धेरै नै ब्यस्त मोडेलको रुपमा चिनिन्छिन ।

    उनी अहिले धेरै म्युजिक भडियो तथा सिरियलहरुमा ब्यस्त छिन् । थपलिया एक राम्रो नर्तकी पनि हुन् भने उनी अभिनयमा पनि पारंगत छिन । पत्रकारितालाई समेत अगाडि बढाइरहेकी थपलियाको चाडै नै अर्को सिरियल पनि रिलिजको तयारीमा रहेको छ ।

    उनीद्धारा नै अभिनित म्युजिक भिडियो ‘बासैको चोया’ बोलको गितमा शब्द ,संगित सन्तोष कालिकोटेको रहेको छ भने गितमा संगित ऐरेन्ज जिवन बाडुले गरेका छन् । उक्त गितमा स्वर सन्तोष कालिकोटे र शान्ति श्री परियारको रहेको छ ।

    शिवजी क्षेत्रीको निर्देशनमा निर्मित म्युजिक भिडियोमा मोडेल एलिना थपलिया र स्वयंं शिवजी क्षेत्रीको अभिनय रहेको छ । म्युजिक भिडियोको छायांंकन नरेश अयरले गरको हुन भने यसको सम्पादन विनोद बमले गरेका छन ।

    म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend