logo

२०८१ असोज १ मंगलबार

logo
  • मंगलबार, १ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    नागरिकलाई खुसी बनाउने गरी सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री सिंह

    नागरिकलाई खुसी बनाउने गरी सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री सिंह

    791
    Shares
    नागरिकलाई खुसी बनाउने गरी सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री सिंह

    काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई समृद्ध र नागरिकलाई खुशी बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

    सोमवार मन्त्रालयमा नेकपा एमालेको शहरी विकास हेर्ने विभागको तर्फबाट नेता शेरबहादुर तामाङ नेतृत्वले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले जनतालाई सन्तोष पार्न सरकारले आवश्यक पहलकदमी लिइरहेको बताए । ऐनहरुको अभावका कारण शहरी विकासलाई व्यवस्थित गर्न नसकिएको भन्दै अहिले सरकारले पुराना ऐनहरुको संशोधन गरी नयाँ ऐन बनाउने कामलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

    आफू मन्त्री बनेर आइसकेपछि सबैभन्दा बढी जोड विकास निर्माणका कामहरु र नीति बनाउने कामलाई दिएको स्पष्ट पारे । नीति निर्माण र कार्यान्वयनमा सबैले सहयोग गर्ने अपेक्षा राखेको बताए ।

    उपप्रधानमन्त्री सिंहले गाउँपालिका वा नगरपालिकाभित्र बस्ने मानिसहरुको जीवन सहज हुनुपर्ने र त्यसका लागि शहरहरु विकास गर्दा सुविधायुक्त गाउँ र शहर बनाउनुपर्ने बताए । उनले अत्यावश्यक भौतिक पूर्वाधारहरु गाउँगाउँमै पुर्याउनुपर्नेमा सरकार लागिरहेको बताए । नेकपा एमालेको शहरी विकास विभागले शहर व्यवस्थ्ति बनाउने सुझावसहितको ज्ञापन पत्र उपप्रधानमन्त्री सिंहलाई बुझाएका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend