सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

उपसभामुख रानाको बचाऊमा उभिने एकीकृत समाजवादीको निर्णय

उपसभामुख रानाको बचाऊमा उभिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले उपसभामुख ईन्दिरा रानामगरको पक्षमा उभिने निर्णय गरेको छ । केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी समिति बैठकले सत्तारुढ दलहरुले उपसभामुख रानामगरलाई हटाउन लागेकाले त्यसविरुद्ध उभिने निर्णय गरेको हो ।

प्रतिनिधि सभा बैठकमा सत्तारुढ सांसदहरुले उपसभामुख रानामगरले राजीनामा दिनुपर्ने बताइरहेका छन् । सत्तारुढ दलहरुले उपसभामुख रानामगरको राजीनामा नआए वैधानिक प्रक्रियाबाट हटाउने चेतावनी दिएका छन् ।

तर एकीकृत समाजवादीले भने उपसभामुखको बचाऊमा उभिने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले सातै प्रदेशमा महाधिवेशन आगामी मंसिरसम्ममा गरिसक्ने जसका लागि हालका प्रदेश पदाधिकारीहरुले नै सम्पन्न गर्ने निर्णय गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend