logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन : तपाईंहरुलाई विश्राम गर्ने छुट छैन, काममा तिब्रता दिनूस्

    मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन : तपाईंहरुलाई विश्राम गर्ने छुट छैन, काममा तिब्रता दिनूस्

    1.6K
    Shares
    मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन : तपाईंहरुलाई विश्राम गर्ने छुट छैन, काममा तिब्रता दिनूस्

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्राम गर्ने सुविधा नरहेको भन्दै तिब्रताका साथ सरकारका काम कारबाही अघि बढाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारमा उपप्रधानमन्त्री तथा मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै उनले मन्त्रीहरुलाई सो निर्देशन दिएका हुन् ।

    उनले मन्त्रीहरुलाई विश्राम गर्ने, अलमल गर्ने, ढिलो गर्ने छुट नरहेको बताए । उनले अब कार्यक्षेत्रमा थप योजना र थप सक्रियताका साथ अघि बढ्नुपर्ने बताए । उनले सरकारका कामलाई तिब्रता दिनेगरी अघि बढ्न आग्रह गरे । उनले बिस्तारै गरौँला नि भन्ने सोचले अहिलेसम्म काम हुन नसकेको भन्दै अब त्यो सोच नराख्न आग्रह गरे । उनले काममा तिब्रतासँगै योजनावद्धता आवश्यक रहेको बताए । मन्त्रालयबीच एक अर्कालाई सहयोग गर्ने भावना हुन जरुरी रहेको बताए ।

    उनले भने, ‘हामी अब कार्यक्षेत्रमा थप योजना र थप सक्रियताका साथ जानेछौँ । मैले अघिल्लो पटकमा पनि भनेको छु, हामी कामलाई तिब्रता दिनेछौँ । हाम्रो एउटा कमजोरी के रहेको छ भने काम बिस्तारै, बिस्तारै गर्ने भन्ने ढंगको अभ्यास छ । त्यस्तो होइन । हामीसँग ढिलो गर्ने सुविधा पनि छैन, अलमल गर्ने सुविधा पनि छैन । विश्राम गर्ने सुविधा पनि छैन । हामीले अत्यन्तै तिब्र गतिले काम अघि बढाउनुपर्ने छ । हामे गतिमा तिब्रता चाहिन्छ ।

    काममा योजनावद्धता चाहिन्छ । पारस्परिक एक अर्कामा साथ र सहयोग चाहिन्छ । एउटा र अर्को मन्त्रालय बीचको कोर्डिनेशन र कतिपय कुरा डुब्लिकेसन नहोस् । अधिकार, काम, खर्चको डुब्लिकेसन । त्यही एउटै चिज यसले पनि गर्ने, उसले पनि गर्ने भन्दा कसले गर्ने टुंगो नलाग्ने स्थिति बन्नु हुँदैन । जिम्मेवारीलाई पनि स्पष्टताका साथ कार्य सम्पादन गर्नुपर्छ ।’

    प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई आ—आफ्नो मन्त्रालयका समस्या पहिचान गरी समाधान गर्न पनि निर्देशन दिए ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend