logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • युट्युब ग्लोबल ट्रेन्डिङमा नेपाली गीत ‘कश्मिरे पछ्यौरी’

    युट्युब ग्लोबल ट्रेन्डिङमा नेपाली गीत ‘कश्मिरे पछ्यौरी’

    3.1K
    Shares
    युट्युब ग्लोबल ट्रेन्डिङमा नेपाली गीत ‘कश्मिरे पछ्यौरी’

    काठमाडौं । सार्वजनिक भएको लामो समयपछि टिकटक र रिल्समा भाईरल भइरहेको गीत ‘कश्मिरे पछ्यौरी’ युट्युबको ग्लोबल ट्रेन्डिङमा परेको छ ।

    गत जनवरी १८ मा ‘बाबु कृष्ण परिवार’ नाम गरेको युट्युब च्यानलबाट सो गीत सार्वजनिक भएको थियो । यो समाचार तयार पार्दासम्म यो गीत ग्लोबल ट्रेन्डिङको ९८औँ स्थानमा रहेको छ । पहिलो स्थानमा भने बलिउड गीत ‘आज की रात’ले स्थान कब्जा गरेको छ ।

    नेपाली गीत ‘कश्मिरे पछ्यौरी’ युट्युबको ग्लोबल ट्रेन्डिङमा पर्ने सम्भवतः पहिलो नेपाली गीत बनेको छ । यो साता युट्युबको ग्लोबल ट्रेन्डिङमा परेका १०० गीत मध्ये सबैभन्दा लोकप्रिय गीतको वर्णानुक्रममा ‘कश्मिरे पछ्यौरी’ पनि परेको हो । यो गीतलाई अहिलेसम्म युट्युबमा करिब एक करोड ९० लाख पटक हेरिएको छ ।

    गीतमा निश्चल दवाडीको शब्द तथा संगीत रहेको छ भने बाबुकृष्ण परियार र दीपिका बयम्बुको स्वर छ । सरल शब्द र मनछुने लोकलयमा तयार यस गीतको भिडियोमा बाबु कृष्ण परिवार र केपिना गोतामेलाई कास्ट गरिएको छ ।

    केही दिन अगाडि सरकारले टिकटकलाई सर्तसहित फुकुवा गरेपछि यो गीत रिल्स, टिकटक जस्ता प्लाटफर्ममा भाईरल बनेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend