काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सांस्कृतिक कार्यक्रमहरुमा राजनीतिक गन्ध आउनु नहुने बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले सांस्कृतिक कार्यक्रमहरुमा कुसंस्कारका पक्षहरुको गन्ध आउन नहुने पनि उल्लेख गरिन् । उनले सांस्कृतिक कार्यक्रममा कुसंस्कार र राजनीतिका गन्ध आउन नदिन सबै जना एकजुट हुन आवश्यक रहेको बताइन् । उनले सांस्कृतिक पर्वहरुमा सबैजना रमाउने र खुशी हुने पर्व भएको बताइन् ।
उनले भनिन्, ‘सांस्कृतिक कार्यक्रमहरुमा कुनैपनि राजनीतिक गन्ध आउनु हुँदैन । कुसंस्कारका पक्षहरुको गन्ध आउनु हुँदैन । त्यसलाई न्युनिकरण गर्न हामी सबै जना एकजुट हुन आवश्यक छ । यो विशुद्ध सांस्कृतिक पर्व हो । सबैजना रमाउने र खुशी हुने पर्व हो । यो रमाउने, खुशी हुने वातावरण बनाउनका लागि काठमाडौं महानगरपालिका हर्दम सम्पूर्ण सरोकारवाला निकायहरुसँग नजिकबाट नै काम गरिरहेका छौँ ।’
उनले रमाउन र खुशी हुने वातावरण बनाउनका लागि काठमाडौं महानगरपालिका सरोकारवाला निकायहरुसँग नजिकबाट नै काम गरिरहेको पनि बताइन् ।