काठमाडौँ । मंसिर दोस्रो साता उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले आगामी मंसिर दोस्रो साता उपनिर्वाचन हुने जानकारी दिएको हो ।
स्थानीय तहका रिक्त पदमा मंसिर दोस्रो साता उपनिर्वाचन गर्ने गरी तयारी गरीएको आयोगले जानकारी दिएको छ ।
आयोगका अनुसार दोस्रो साता निर्वाचन हुने तय भएपनि कुन दिन हुने फिक्स भने भैनसकेको हो । प्रधानमन्त्रीसँग छलफल गरेर १५, १६ र १७ मा एक दिन निर्वाचन गराउने तयारी आयोगले गरेको छ ।
आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३७ रिक्त पदमा उपनिर्वाचन गराउन लागेको हो ।
आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३७ रिक्त पदमा उपनिर्वाचना गराउन लागेको हो । विभिन्न कारणबस स्थानीय तहको पदमा रहेका व्यक्तिहरुको निधन भएपछि सो तहमा रिक्त रहेको पदमा निर्वाचन हुन लागेको हो ।
आयोगले मंसिरमा निर्वाचन गर्न उपयुक्त हुने सुझाव सरकारलाई दिएको थियो ।
काहाँ-कहाँ हुँदैछ उपनिर्वाचन