आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

एनपीएलको फ्रेन्चाइज टिमको मार्की प्लेयर टुंगो लाग्यो, कुन टिमबाट को ?

एनपीएलको फ्रेन्चाइज टिमको मार्की प्लेयर टुंगो लाग्यो, कुन टिमबाट को ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संकरणका लागी मार्की खेलाडीको लक्की ड्र भएको छ । एनपीएलको फ्रेन्चाइज टिमको मार्की प्लेयर शनिबार टुंगो लागेको हो ।

नेपाल क्रिकेट संघले शुक्रबार ८ मार्की प्लेयरको नाम सार्वजनिक गरेको थियो ।

शनिबार भएको लक्की ड्र अनुसार काठमाडौंको मार्की प्लेयरमा करण केसी, पोखराको कुशल भुर्तेल, चितवनको कुशल मल्ल, विराटनगरको सन्दीप लामिछाने, जनकपुरको आसिफ सेख, लुम्बिनीको रोहित पौडेल, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर बनेका छन् ।

एनपीएलका मार्की खेलाडीले कम्तीमा २० लाख रुपैयाँ पाउने छन् ।

पहिलो संस्करणको एनपिएल आगामी नोभेबर ३० देखि २१ डिसेम्बरसम्म हुनेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend