सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

प्रतिनिधि सभा बैठक स्थगित

प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ । प्रतिनिधि सभा बैठक भोलि १ बजे बस्नेगरी स्थगित गरिएको

संसद बैठक आज आइतबार दिउँसो १ः०० बजेका लागि बोलाइएको थियो । तर आजको उक्त बैठक बस्दै नबसी स्थगित गरिएको हो ।

प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अवरुद्ध पार्ने निर्णय गरेसँगै सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

जनयुद्धलाई सभामुख देवराज घिमिरेले ‘हिंसा’ भनेर स्थापित गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै आएको छ । भदौ १२ गतेको प्रतिनिधि सभा बैठकमा एमाले सांसद योगेश भट्टराईले जनयुद्धलाई हिंसा भनेपछि सदनमा विवाद सुरु भएको हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend