सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा माओवादी सांसद शर्मा निर्वाचित

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा माओवादी सांसद शर्मा निर्वाचित

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्मा निर्वाचित भएका छन् । सोमबार उनको एकल उम्मेदवारी परेसँगै उनी निर्वाचित भएका हुन् ।

उनले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालबाट पद तथा गोपनियताको शपथ ग्रहण समेत गरे । नेकपा (माओवादी केन्द्र) का सांसद शर्मा यसअघि पनि सोही समितिको सभापति थिए ।

सभापतिमा निर्वाचित भएपछि समिति सभापति शर्माले कानून निर्माणका हिसावले धेरै राम्रो भएको र प्रत्यायोजित विधायनलाई नियन्त्रित गरेको बताए । उनले समितिले सरकारलाई समितिको तर्फबाट दिइएका काम कारबाहीको कार्यान्वयन गर्न दबाब दिने काममा समिति सफल भएको बताए । उनले कार्यान्वयन भए/नभएको बारेमा मन्त्रीहरुसँग छलफल गर्ने थप निर्देशन दिने काम गरेको बताए ।

समिति सभापति शर्माले समितिका कामकारबाही आगामी दिनमा अझ व्यवस्थित र सक्रिय बनाउने बताए ।

त्यस्तै, विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एमालेकी तुलसा दाहाल निर्वाचित भएकी छन् ।समिति सभापति निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) की सांसद एवं सभापति उम्मेदवार जयन्तीदेवी राईलाई पराजित गर्दै उनी विजयी भएकी हुन् ।

समितिमा दुवै तर्फको ७/७ मत प्राप्त भएपछि समितिका ज्येष्ठ सदस्य सभापति कृष्णप्रसाद सिटौलाले सभापतिको तर्फबाट दाहाललाई आफ्नो मत दिएसँगै उनी विजयी भएकी हुन् । सभापतिमा निर्वाचित भएसँगै उनले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग पद तथा गोपनियताको शपथ ग्रहण गरिन् । सो क्रममा उनले सभापति निर्वाचन नियमित प्रक्रिया भएको बताइन् ।

उनले भनिन्, ‘यो नियमित प्रक्रिया हो । अहिले दुई दुई वर्षको समय निर्वाचन भएको हुनाले र म हिजोदेखि नै विधायन समितिमा बसेर काम गरेको हुनाले । तीन वटा विधेयक छन् हामीसँग । ति तीन वटा विधेयकमा हामी काम गर्नेछौँ ।’

उनले अहिले समितिसँग तीन वटा विधेयक रहेको र यसलाई थप परिस्कृत बनाउने गरी अघि बढ्ने बताइन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend