logo

२०८१ मंसिर १ शनिबार

logo
  • शनिबार, १ मंसिर २०८१
  • सिटी एक्सप्रेसको ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा’ उपहार योजना सार्वजनिक

    सिटी एक्सप्रेसको ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा’ उपहार योजना सार्वजनिक

    630
    Shares
    सिटी एक्सप्रेसको ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा’ उपहार योजना सार्वजनिक

    काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०८१ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ९० दिन सम्म चल्ने “१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा” उपहार योजना घोषणा गरेको छ ।

    उक्त कार्यक्रममा चर्चित हाँस्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको उपस्थिती रहेको थियो ।

    सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही ५०० रुपैयाँको वालेट टप्अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजना रहेको छ ।

    कम्पनीका अनुसार यस “१८औं वर्षमा १८ गुणा, परिवार मा खुशी लाखौ गुणौें” अफर असोज १ देखि मङ्सिर ३० गतेसम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन ।

    सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend