सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

लगातार १० वटा प्रतिनिधि सभा बैठकमा अनुपस्थित हुने सांसदहरूको नामावली सार्वजनिक

लगातार १० वटा प्रतिनिधि सभा बैठकमा अनुपस्थित हुने सांसदहरूको नामावली सार्वजनिक

काठमाडौँ, ११ असार ः संसद भवन, नयाँ बानेश्वरमा मङ्गलबार बसेका प्रतिनिधिसभाको बैठकमा सहभागी हुँदै सांसदहरु । तस्बिर ः प्रदीपराज वन्त÷रासस

काठमाडौँ । सभामुख देवराज घिमिरेले लगातार १० वटा प्रतिनिधि सभा बैठकमा अनुपस्थित हुने सांसदहरूको नामावली सार्वजनिक गरेका छन् ।

सभामुख घिमिरेले सोमबारको बैठकमा लगातार १० वटाभन्दा बढी बैठकमा सहभागी नभएका सांसदहरूको नामावली सार्वजनिक गरेका हुन् ।

१० वटाभन्दा बढी बैठकमा सहभागी नभएका सांसदहरूमा गीता बस्नेत, मनोरम शेरचन, अम्बिका बस्नेत, राजु थापा, नारायण खड्का, प्रकाशमान सिंह, सुनिलकुमार शर्मा, कान्तिका सेजुवाल, बसन्तकुमार नेम्वाङ, प्रेमबहादुर महर्जन, गोकर्णराज विष्ट, दीपक बोहोरा कालुराम राई र नारायणप्रकाश साउद रहेका छन् ।

अनुपस्थित हुने सांसदहरूले स्वास्थ्य उपचार, विदेश भ्रमण लगायतका कारण पेस गरेका छन् । उनीहरूको अनुपस्थिति सभाले स्वीकृत गरेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend