logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • अमेरिकाको केन्द्रीय बैंकले घटायो ब्याजदर, विश्व अर्थतन्त्रमा कस्तो पर्ला असर ?

    अमेरिकाको केन्द्रीय बैंकले घटायो ब्याजदर, विश्व अर्थतन्त्रमा कस्तो पर्ला असर ?

    539
    Shares
    अमेरिकाको केन्द्रीय बैंकले घटायो ब्याजदर, विश्व अर्थतन्त्रमा कस्तो पर्ला असर ?

    काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाएको छ । फेडरल रिजर्भले ब्याजदर ०.५० प्रतिशत विन्दु घटाएको हो । फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी) सन्दर्भ ब्याजदर कटौतीको निर्णय गरेको हो ।

    यसअघि फेडर रिजर्भले सन्दर्भ ब्याजदर ५.२५ देखि ५.५० प्रतिशतसम्म कायम गरेको थियो । कोरोना महामारी सुरुवातपछि बढ्न थालेको ब्याजदर रुस–युक्रेन युद्धपछि फेरी बढेर नयाँ रेकर्ड कायम भएको थियो । कोरोना महामारी काल सन् २०२० फेडरल रिजर्भले ब्याजदर कटौति गरेको हो ।

    अमेरिकामा मूल्यवृद्धि नियन्त्रणको बान्छित सीमामा रहेकाले ब्याजदर कटौतीको निर्णय गरेको फेडरल रिजर्भका अध्यक्ष जेरिम पावेलले बताएका छन् । ब्याजदर कटौतीले श्रम बजारको मन्दी थप घटाउने अनुमान फेडरल रिजर्भको छ । ब्याजदर अझै कटौति हुने संकेत फेडरल रिजर्भले गरेको छ ।

    ब्याजदर कटौतीले अटो लोन, होम लोन, क्रेडिट कार्ड तथा बिजनेस सस्तो पर्न जानेछ । एक वर्षमा अमेरिकी बेरोजगार दर बढेर ४.४ प्रतिशत पुगेको छ । यस्तै मूल्यवृद्धि २.३ प्रतिशतमा झरेको छ । मूल्यवृद्धिलाई २ प्रतिशत सीमामा झार्ने लक्ष्य लिइएको फेडरल रिजर्भले जनाएको छ ।

    अमेरिकी ब्याजदरमा हुने परिवर्तनले सुन, कच्चा तेल र विनियमदरमा प्रभाव पार्र्नेछ । यसको असर देशभरी परेको छ । ब्याजदर घट्ने फेडरल रिजर्भको संकेतपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ओरालो लागेको छ ।  एजेन्सी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend