logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • संविधानमा रहेको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिन्छ : मुख्यमन्त्री सिंह

    संविधानमा रहेको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिन्छ : मुख्यमन्त्री सिंह

    749
    Shares
    संविधानमा रहेको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिन्छ : मुख्यमन्त्री सिंह

    काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधानमा रहेको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिने बताएका छन् ।

    मधेसको गृहसञ्चार तथा कानून मन्त्रालयले प्रदेश सरकार स्थापना भएको ८ वर्षपछि पहिलो पटक संविधान दिवसको अवसरमा औपचारिक रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले संविधान अपरिवर्तनिय दस्तावेज नरहेकाले संशोधनमार्फत त्रुटीहरु सच्याउन सकिने बताए ।

    अहिले प्रदेश सरकारलाई मजबुत बनाउन आवश्यक रहेको बताए । उनले अहिले संविधानको बिरोधभन्दा पनि संविधानबाट प्राप्त उपलब्धिको रक्षा तथा संस्थागत गर्नतर्फ केन्द्रित हुनु हरेक नेपालीको कर्तव्य रहेको बताए ।

    मुख्यमन्त्री सिंहले भने, ‘प्रदेश सरकार समृद्ध भए संघियताप्रतिको विश्वास पनि बिस्तारै बढ्दै जानेछ, संविधान भित्र रहेको त्रुटी संशोधनमार्फत सबैको संविधान बनाउनेतर्फ केन्द्रित हुनुपर्छ । अहिले संविधानलाई पूर्ण बनाउन संशोधनको आवश्यकता छ, जुन दल संशोधन सुन्नसम्म चाहँदैन थियो तिनै दलहरु अहिले संशोधनका लागि तयार छन्, यसको फाइदा हामीले लिन सक्नुपर्छ ।’

    प्रदेश सरकारले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रदेश सरकारमा लोसपा बाहेकका सबै दलका मन्त्रीहरु सहभागी भएका थिए । लोसपाले संविधान दिवसको बिरोधमा आज कालो दिवस मनाइरहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend