logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचितको मात्रै बनाउनुपर्छ : सांसद खतिवडा

    प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचितको मात्रै बनाउनुपर्छ : सांसद खतिवडा

    2.2K
    Shares
    प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचितको मात्रै बनाउनुपर्छ : सांसद खतिवडा

    काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचितको मात्रै सभा बनाउनुपर्ने बताएका छन् ।

    बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै सांसद खतिवडाले प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित सदस्यहरुको मात्रै सभा बनाउनुपर्ने बताएका हुन् । उनले प्रत्यक्ष निर्वाचनमै महिला, दलित अथवा विभिन्न जातजातिलाई सिट दिएर सोही क्लस्टरले मात्र आपसी प्रतिष्पर्धा गराउन सकिने बताए ।

    उनले समानुपातिक सदस्यहरुलाई राष्ट्रिय सभामा लानुपर्ने बताए । उनले राष्ट्रिय सभाबाट पनि प्रधानमन्त्री बनाउन सकिने गरी संविधान संशोधन गर्नुपर्ने बताए ।

    उनले भने – ‘हामीले केही कुराहरुमा संविधान संशोधन गर्नुपर्ने जरुरी छ । प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचित गराऔँ केही बिग्रिँदैन । यहीँ समावेशी बनाऔँ । यहीँ सबै जातको प्रतिनिधित्व बनाऔँ । महिला उठ्ने ठाउँमा महिला मात्रै उठाइदिउँ, दलित उठ्ने ठाउँमा दलित मात्रै उठाइदिउँ । जनजाति उठेको ठाउँमा जनजातिको मात्रै प्रतिनिधित्व गराऔँ । असाध्यै राम्रो हुन्छ ।

    संविधान संशोधन गर्ने बित्तिकै सबै अधिकारहरु गइगए, घटिहाले हामी त परै जानुपर्यो बल्ल बल्ल पुगिराथ्यौँ भन्ने पद्धतिको अन्त्य गरौँ । समानुपातिक पद्धति हामीले बिगारेकै छौँ । जनप्रिय छोडेर धनप्रिय खोज्छौँ । नाताका खोज्छौँ । नीतिका होइन नेताका खोज्छौँ । नाता छोड्यौ भने दाता खोज्छौँ । अनि कहाँबाट बन्छ राम्रो ? यो गल्ती भएको छ, यसलाई संशोधन गर्नुपर्छ । हाम्रो त्यही धारणा छ । यो अवस्था आइसकेको छ ।

    हामीले परिपक्व रुपमा जानुपर्ने देखिन्छ, शासकिय स्वरुपको बारेमा । प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचित बनाऔँ । राष्ट्रिय सभा समानुपातिक बनाऔँ । बरु राष्ट्रिय सभाबाट पनि मन्त्री, प्रधानमन्त्री हुने व्यवस्था गरौँ । त्यसले केही बिग्रिदैन । तर मुलुकलाई स्थायित्वको बाटोमा लानुपर्ने बेला भएको छ ।’

    उनले शासकीय स्वरुप परिवर्तन गर्नका लागि संविधान संशोधन गर्ने बेला आइसकेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend