काठमाडौं । सहकारी सम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । समितिले छानबिनपछि उक्त प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो ।
समितिले गोर्खा मिडिया प्रालि र त्यसका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग ९ घन्टा बयान लिएको थियो । समितिले प्रकाशित गरेको पूर्णप्रतिवेदनमा उनले सहकारीबाट आएको पैसाको जिम्मेवारी आफूले लिन नसक्ने स्पष्ट पारेका छन् ।
उनलाई ५१ प्रश्न सोधिएको थियो । उनले आफूलाई दोषी देखाउने होडमा सहकारी समस्या गिजोलिएको दाबी बयानका क्रममा गरेका छन् ।
रवि लामिछानेसँग लिएको बयान प्रतिवेदनको पृष्ट ८३२ देखि ८४६ सम्म समावेश गरिएको छ ।
बयानका क्रममा लामिछानेले गोरखा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशकको हैसियतले पारिश्रमिकबापत मासिक ५ लाख लिएको बताएका छन् ।
हेर्नुहोस् यस्तो छ रवि लामिछानेको बयानको पूर्णपाठ :