logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन

    मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन

    133
    Shares
    मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन

    भद्रपुर (झापा) । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो दुई महिनामा दुई अर्ब ४२ करोड नौ लाख नौ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । उक्त राजस्व रकम कार्यालयको वार्षिक लक्ष्यको १३ दशमलव ९६ प्रतिशत हो ।

    चालु आवमा कार्यालयले १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको भन्सार अधिकृत एवं सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । उनका अनुसार गत साउन र भदौमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयातबाट एक अर्ब ३८ करोड ३९ लाख चार हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो ।

    कार्यालयले गत आव २०८०–८१ मा १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार रुपैयाँको लक्ष्य राखेकोमा लक्ष्यको ७८ दशमलव चार प्रतिशत राजस्व सङ्कलन गरेको थियो । चालु आवमा गत आवको भन्दा ९१ करोड ३२ लाख ४३ हजार रुपैयाँले राजस्वको लक्ष्य घटाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend