logo

२०८१ माघ १९ शनिबार

logo
  • शनिबार, १९ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    सहकारीको वचत अपचलन मुद्दामा गोर्खा मिडियाका सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी पक्राउ

    सहकारीको वचत अपचलन मुद्दामा गोर्खा मिडियाका सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी पक्राउ

    3.5K
    Shares
    सहकारीको वचत अपचलन मुद्दामा गोर्खा मिडियाका सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी पक्राउ

    काठमाडौँ । सहकारी संस्थाको वचत रकम अपचलन सम्बन्धी मुद्दामा नेपाल प्रहरीले पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ गरेको छ । जोशीलाई प्रहरीले आइतबार काठमाडौंबाट अपराह्न पक्राउ गरेको हो ।

    सूर्यदर्शन वचत तथा ऋण सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले पूर्वडीआईजी जोशीलाई पक्राउ गरेको हो ।जोशीलाई प्रहरीले जरुरी पक्राउ पुर्जी थमाएर पक्राउ गरेको हो । उनी भाग्ने योजना बनाएको सूचना पाएपछि पक्राउ गरेका बताइएको छ ।

    उनी पक्राउ परेसँगै तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई समेत प्रहरीले निगरानीमा राखेको छ ।

    सांसद सुर्य थापा नेतृत्वको संसदीय छानविन विशेष समितिले गरेको सिफारिसका आधारमा सरकारको निर्देशनपछि जोशीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । उनलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

    जोशीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले कास्की जिल्ला प्रहरीको पत्रका आधारमा पक्राउ गरेको स्रोतले जनाएको छ । प्रहरीबाट अवकाश पाएका जोशीलाई पोखरा लैजाने तयारी छ । उनी गोर्खा मिडिया नेटवर्कका सञ्चालक हुन् ।

    पूर्वडिआइजी जोशी अर्घाखाँचीका हुन् । ५९ वर्षका जोशीलाई गोर्खा मिडिया नेटवर्कमा सहकारीको रकम लगेको र हिनामिना गरेको आरोप लागेको छ । उनीमाथि सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवलको सदस्य भइ रकम गोर्खा मिडियामा ल्याएको देखिएको संसदीय छानबिन विशेष समितिले गरेको अनुसन्धानले देखाएको थियो ।
    सहकारी बचत दुरुपयोग सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदनका आधारमा उनी पक्राउ परेका हुन् । गृहमन्त्री रमेश लेखकले प्रतिवेदन कार्यान्वयनका लागि प्रहरी महानिरीक्षक बसन्त कुँबरलाई निर्देशन दिएका थिए ।

    संसदीय समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन भदौ ३१ मा समितिले संसद्लाई बुझाएको थियो । सोही प्रतिवेदन गृहमन्त्रालयले आइतबार मात्रै प्रहरीलाई कार्यान्यनका लागि पठाएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend