logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • झापामा दुर्गा प्रसाईंका समर्थकले जलाए ट्रक

    झापामा दुर्गा प्रसाईंका समर्थकले जलाए ट्रक

    2.1K
    Shares
    झापामा दुर्गा प्रसाईंका समर्थकले जलाए ट्रक

    काठमाडौैँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले झापामा सवारी साधन जलाएका छन् । प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले झापामा ३ वटा ट्रक जलाएका छन् ।

    प्रहरीले आइतबार बी एन्ड सी अस्पतालका सञ्चालक प्रसाईंलाई  पक्राउ गरेको थियो ।

    पक्राउको विरोधमा उनका समर्थकले झापाका छुट्टा छुट्टै ठाउँमा भारतीय नम्बर प्लेटका ३ वटा ट्रकमा आगजनी गरेको प्रहरी स्रोतले बताएको छ ।

    आइतबार राति उनीहरुले आगजनी गरेका हुन् । प्रहरीका अनुसार आगजनीमा संलग्नको खोजी भइरहेको छ ।

    प्रसाईंका समर्थकले सोमबार झापामा चक्काजामको घोषणा गरेका थिए । तर, सवारी आवागमनको अवस्था अहिले सामान्य रहेको प्रहरीले बताएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend