logo

२०८१ असोज ९ बुधबार

logo
  • बुधबार, ९ असोज २०८१
  • संविधानको मर्म र भावना विपरित अधिकारहरु कटौती गर्दैनौँ : कार्यवाहक प्रधानमन्त्री सिंह

    संविधानको मर्म र भावना विपरित अधिकारहरु कटौती गर्दैनौँ : कार्यवाहक प्रधानमन्त्री सिंह

    252
    Shares
    संविधानको मर्म र भावना विपरित अधिकारहरु कटौती गर्दैनौँ : कार्यवाहक प्रधानमन्त्री सिंह

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि संसदका दुई ठूला दलहरु नेपाली कांग्रेस र नेकपा(एमाले) लगायतको समिकरणमा सरकार बनाएको बताएका छन् ।

    बुधबार भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव, २०८१ को उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले ८/९ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य गर्न नेपाली कांग्रेस र नेकपा (एमाले) लगायतका दलहरुको सरकार बनेको बताएका हुन् ।

    उनले गत निर्वाचनको परिणाम अनुरुपको संसद नै अस्थिर सरकार दिने खालको बनावटको रहेको उल्लेख गरे । उनले राजनीतिक अस्थिरताका कारण अत्यावश्यक विधेयकहरु समेत पारित गर्न नसक्ने अवस्था भएका कारण स्थिर सरकार बनाउनुपरेको बताए । उनले कांग्रेस–एमाले अधिकारका लागि लडेका पार्टी भएको भन्दै संविधानको मर्म र भावना विपरित गएर संविधानमा भएका अधिकारहरुको कटौती नगर्ने बताए ।

    उनले भने – ‘राजनीतिक स्थिरता र स्थायित्व बिना अरु कुनै क्षेत्र स्थिर हुन नसक्ने भएको कारणले गर्दा सबभन्दा पहिले राजनीतिक स्थिरता दिनुपर्यो । गत निर्वाचनबाट जुन परिणाम आयो, संसदको बनावट कस्तो भयो भने ८/९ महिनामा सरकार परिवर्तन भइराख्ने । आम जनतामा सरकार त टिक्दैन भने सरकारले हाम्रो लागि के राम्रो काम गर्छ र भन्ने भाष्य विकास हुन थाल्यो । भन्न त भन्छन्, संसदको ठुलो र दोस्रो ठूलो पार्टी एकै ठाउँमा आएर सरकार बनायो भने त संसदीय प्रणालीकै खिलापमा जान्छ कि भन्ने विचार पनि नआएको होइन ।

    तर हामीले के बुझ्नुपर्यो भने अहिलेको राजनीतिक अस्थिरताको कारणले संसदबाट पनि विधेयकहरु पारित गर्न नसकेको कारणले पनि राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेस र नेकपा(एमाले) लगायत अन्य दलहरु मिलेर अहिलेको यो सरकार बनेको छ । कांग्रेस–एमालेले आन्दोलन गरेर अधिकार संकुचित भयो । अधिकारमा स्वतन्त्र हुनुपर्यो भनेर लडेको पार्टीले सत्तामा गएपछि आफैँले जारी गरेको संविधानको भावना र मर्म विपरित हामी आफैँले जन्माएको संविधानमा भएका अधिकारहरु कटौती गर्ला भनेर सोच्नु जन्मदिने आमाले आफ्नो बालकको अहित चिताउँछ र ? चिताउँदैन नि ।’

    उनले अर्थतन्त्रको गतिशिलतामा रोक लगाउने खालका कुनैपनि विधेयकहरु संसदमा नलैजाने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend