logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा सडक दुई फिट तल भासियो, पहिरोले घोप्टेभिर अवरुद्ध

    नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा सडक दुई फिट तल भासियो, पहिरोले घोप्टेभिर अवरुद्ध

    1.4K
    Shares
    नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा सडक दुई फिट तल भासियो, पहिरोले घोप्टेभिर अवरुद्ध

    चितवन । पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आज बिहान आएको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको हो ।

    प्रमुख जिल्ला अधिकारी चितवनका इन्द्रदेव यादवका अनुसार बिहान ४ बजे पहिरो खसेको हो । पहिरो पन्छाउने काम सुरु गरिएको छ । दुई वटा स्काभेटरले पहिरो पन्छाइरहेको उनले जानकारी दिए

    यस्तै इच्छाकामना गाउँपालिका–३ मौवाखोला, दतिखोला, पानीधारालगायत क्षेत्रमा पनि पहिरो खसेको उनले बताए । यादवका अनुसार सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

    यसैबीच नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा सडक दुई फिट तल भासिएको छ । निरन्तरको वर्षाका कारण सडक भासिन पुगेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend