logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द

    कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द

    1.3K
    Shares
    कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द

    इनरुवा (सुनसरी) । कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द गरिएको छ । सप्तकोशीमा पानीको बहाव खतराको तह पार गरेपछि उक्त पुलमा आवतजावतमा रोक लगाइएको हो ।

    पूर्वी नेपालका पहाडी जिल्लामा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले आज एक विज्ञप्ति जारी गर्दै अहिले साँझ ४ः०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट आवागमनमा रोक लगाइएको जानकारी दिए । अत्यावश्यक कामका लागि वैकल्पिक मार्गको प्रयोग गर्नसमेत उनले अनुरोध गरेका छन् ।

    सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीका अनुसार सप्तकोशीमा पानीको बहाव अहिले प्रतिसेकेन्ड पाँच लाख २१ हजार क्युसेक नाघेको छ । पानीको बहावले खतराको तह पार गरेपछि कोशी ब्यारेजका सबै ५२ ढोका खोलिएका उनले बताए । यसका साथै सप्तरी र सुनसरीतर्फको नहरका चारै ढोढा समेत खोलिएको प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend