सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

राप्रपाले गर्यो केही विभाग प्रमुखको मनोनयन र नेताहरुको जिम्मेवारी हेरफेर

राप्रपाले गर्यो केही विभाग प्रमुखको मनोनयन र नेताहरुको जिम्मेवारी हेरफेर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका नेताहरुको जिम्मेवारी हेरफेर र केही विभागमा प्रमुखको मनोनयन गरेका छन् ।

पार्टीको विधान बमोजिम उनले विभागका प्रमुहरुको जिम्मेवारी हेरफेर र मनोनयन गरेका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

श्रेष्ठका अनुसार संगठन विभागको प्रमुख वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, स्थानीय तह परिचालन विभागको प्रमुखको जिम्मेवारी वरिष्ठ नेता उपाध्यक्ष ध्रुबबहादुर प्रधानले पाएका छन् ।

यसअघि संगठन विभाग प्रमुखमा डा. धवलशमशेर राणा थिए भने बुद्धिमान राजनीतिक विभाग प्रमुख थिए । धवलशमशेर पार्टीको आन्दोलन परिचालन समितिको संयोजक छन् । त्यस्तै ध्रुवबहादुर प्रधान यसअघि प्रशिक्षण विभाग प्रमुख थिए । स्थानीय तह परिचालन विभागमा भने रोशन कार्की थिइन् ।

त्यस्तै राजनीतिक विभाग प्रमुखमा वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र, पर्यटन विभाग प्रमुखमा सहायक महामन्त्री बिजय खड्का, विपद व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापालाई जिम्मेवारी दिइएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend