काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य बिहीबारको तुलनामा तोलामा ४ सय रुपैयाँले बढेको हो ।
यो मूल्य हालसम्मकै उच्च मूल्य हो । आज छापावाल सुन प्रतितोला एक लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यही असोज ११ गते छापावाल सुन प्रतितोला एक लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यो यसअघिको उच्च मूल्य थियो । आज मूल्यले त्यो मूल्य ‘रेकर्ड ब्रेक’ भएको हो ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि आज तोलामा ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बिहीबार चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।