logo

२०८१ माघ ६ आइतबार

logo
  • आइतबार, ६ माघ २०८१
  • दशैँमा मात्रै ४ करोड जोडी स्वदेशी जुत्ता-चप्पल खपत हुन्छ : व्यवसायी

    दशैँमा मात्रै ४ करोड जोडी स्वदेशी जुत्ता-चप्पल खपत हुन्छ : व्यवसायी

    1.1K
    Shares
    दशैँमा मात्रै ४ करोड जोडी स्वदेशी जुत्ता-चप्पल खपत हुन्छ : व्यवसायी

    काठमाडौं । आत्मनिर्भरतर्फ उन्मुख नेपाली जुत्ता–चप्पलले बजारमा पछिल्लो समय वर्चस्व कायम गर्न थालेको छ ।

    नेपाली जुत्ता–चप्पल उद्योगले आयात प्रतिस्थापन गरेको छ । नेपाली जुत्ता-चप्पल उद्योगसँग वार्षिक करिव १६ करोड जोडी जुत्ता–चप्पल उत्पादन गर्ने क्षमता छ ।

    नेपाली बजारमा उपभोक्ताको वार्षिक जुत्ता–चप्पलको माग १० करोड रहेको छ । १० करोड जोडी जुत्ता–चप्पल माग रहेकोमा नेपाली उद्योगहरुले ८० प्रतिशत हिस्सा ओगटेको छ । पछिल्लो समय नेपाली बजारमा जुत्ता–चप्पलको माग वृद्धि हुँदै गएको छ ।

    आगामी वर्षसम्म यो माग बढेर वार्षिक ११ करोड जोर पुग्ने देखिए पनि भएका उद्योगहरु क्षमताअनुसार चल्न सकेका छैनन् । अब स्वदेशी उद्योगहरू मुलुकमा रहेको जुत्ता–चप्पलको माग धान्दै निर्यात गरी विदेशी मुद्रा आर्जन गर्नसक्ने अवस्थामा पुगेका छन् । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालका अध्यक्ष रुद्र न्यौपानेले नेपाली उद्योगीहरुले अहिले बजारको मागलाई पूरा गरी विदेश निर्यात गर्ने सोचमा रहेको बताए ।

    उनले उद्योगी व्यवसायीहरुले नेपाली जुत्ता–चप्पललाई गुणस्तरीय र आवश्यकताअनुसार उत्पादन गरी विकास गर्दै लगेको बताए । उनले नेपाली बजारको करिव ५०–६० प्रतिशत हिस्सा स्वदेशी उत्पादनले ओगटेको बताए । उनले अहिले नेपाली जुत्ता विदेशी ब्राण्डसँग प्रतिष्पर्धा गर्न सक्षम भएको उल्लेख गरे । उनले नेपाली उपभोक्तामा नेपाली जुत्तामा विश्वास गरी प्रयोग गर्ने क्रम बढेको बताए ।

    उनले सबै नेपालीहरुले स्वदेशी उत्पादनलाई माया गरेकाले जुत्ता–चप्पल उद्योग आत्मनिर्भरको अवस्थामा पुगेको बताए । उनले फुटवेयरमा फेसनवाला समान बेच्ने भएकाले दशैँ बजारको मुख्य हिस्सा रहेको बताए । उनले वार्षिक रुपमा विक्री हुने जुत्ताचप्पलमध्ये दशैँको समयमा ४० प्रतिशत र अन्य समयमा ६० प्रतिशत रहेको बताए । उनले देशभर आएको बाढी पहिरोको कारण दशैँको लागि जुत्ता किन्ने उपभोक्ताहरुमा कमी देखिएको बताए । उनले अन्य क्षेत्र भन्दा जुत्ताचप्पल व्यवसायको क्षेत्रमा सुधार देखिएको बताए । उनले फुटवेयर क्षेत्रको ठूलो समस्या चोरी पैठारी रहेको भन्दै भारतका नाकाबाट हुने चोरी पैठारी सरकारले तत्काल रोक्न आवश्यक रहेको बताए ।

    उनले बाढी, पहिरोको कारण सडकहरु बन्द भएकाले चोरी पैठारी बढ्ने देखिएकोे बताए । उनले जुत्ता,चप्पल उद्योग पनि सिमेन्ट उद्योग जस्तै हुने हो की भन्ने चिन्ता व्यवसायीहरुमा रहेको बताए । उनले गुणस्तरी र पर्याप्त फेसन सहितका जुत्ता दिन व्यवसायीहरु तयार रहेको बताए ।

    उनले भने, ‘फुटवेयरमा फेसनवाला समान बेच्ने भएकाले दशैँ बजारको मुख्य हिंस्सा हो । वार्षिक रुपमा बिक्रि हुने जुत्ताचप्पल दशैंको समयमा ४० प्रतिशत र अन्य समयमा ६० प्रतिशत हुने गरेको छ । पछिल्लो समय नेपाली फुटवेयर क्षेत्रमा राम्रो विकास भइरहेको छ । बाहिरबाट आउने फेन्सी जुत्ताहरु पनि नेपालमा नै बनिरहेको थियो ।

    देशभर आएको बाढी पहिरोको कारण दशैँको लागि उपभोक्ताहरु तयार भइनरहेको अवस्था देखिन्छ । तर अन्य क्षेत्र भन्दा जुत्ताचप्पल व्यवसायको क्षेत्रले सुधार देखिन्छ । नेपाली जनताले नेपालमा उत्पादित जुत्तालाई माया गरिदिनु भएको छ । उद्योगीहरुलाई हौसला बढिरहेको छ । हामी नेपाललाई जुत्ताचप्पलमा आत्मनिर्भर बनाएर विदेशमा निर्यातको लागि मेहनत गरिरहेका छौं । फुटवेयर क्षेत्रको ठूलो समस्या भनेको चोरी पैठारी हो । भारतका नाकाबाट चोरी पैठारी हुने गरेको छ ।

    बाढी पहिरोको कारण सडकहरु बन्द भएकाले चोरी पैठारी बढ्ने देखिएको छ । तराई क्षेत्रका बजारमा चोरी पैठारीका समान बढ्ने देखिन्छ । चोरी पैठारी सरकारले रोक्नुपर्छ । जुत्ताचप्पल उद्योग पनि सिमेन्ट उद्योग जस्तै हुने हो की ? भन्ने लाग्छ । गुणस्तरी र प्रर्याप्त फेसन सहितका जुत्ता दिन व्यवसायीहरु तयार छन् ।’

    त्यस्तै से ल्याण्ड जुत्ताका प्रवन्ध निर्देशक सुरज बञ्जाडेले वर्षभर विक्री हुने जुत्ताको ४० प्रतिशत व्यापार दशैँको समयमा हुने गरेको बताए । उनले दशैंको समयमा जुत्ताचप्पल धेरै विक्री हुने गरेको भएपनि यो वर्ष आर्थिक मन्दी र पछिल्लो बाढी पहिरोको कारण व्यापारमा कमी आउने देखिएको बताए । उनले जुत्ता–चप्पल गुणस्तर र उत्पादन व्यवसायीहरु बिस्तारै वृद्धि गरिरहेको भन्दै ८० प्रतिशत नेपाली जुत्ताचप्पल रहेको दाबी गरे ।

    गत वर्षको भन्दा यो वर्ष धेरै आशावादी रहेको बताए । उनले दशैँको लागि उपभोक्ताहरुले खरिद गर्ने समयमा मुलुकभर लगातार परेको पानीको कारण बाढी, पहिरोले प्रभावित बनाएको बताए । बाढी पहिरोका कारण विगतको तुलनामा यो वर्ष २० प्रतिशत जुत्ताचप्पलको विक्री कम हुने अवस्था देखिएको उनको भनाई छ । १० करोड जुत्ताको माग भए पनि दशैँको समयमा मात्रै ४ करोड जुत्ता खपत हुने गरेको बन्झाडेले उल्लेख गरे । उनले पछिल्लो समय नेपाली फुटवेयर क्षेत्र राम्रो हुँदै गएको जानकारी दिए ।

    उनले उद्योगीहरुले उत्पादन गरेको जुत्ता,चप्पलहरु नेपाली नागरिकलाई पुर्याएर विदेशमा निर्याततर्फ व्यवसायीको ध्यान केन्द्रित भएको बताए ।

    उनले भने, ‘वर्षभर बिक्रि हुने जुत्ताको ४० प्रतिशत व्यापार दशैँको समयमा हुन्छ । नेपाली सबै कम्पनीको गरेर । दशैँको समयमा जुत्ताचप्पल धेरै बिक्रि हुन्छ । मुलुकमा आर्थिक मन्दीदेखि अन्य समस्याहरु छन् । व्यवसायीहरु बिस्तारै वृद्धि गरिरहेका छौं । गत वर्षको भन्दा केही आशावादी छौ । दशैँको लागि उपभोक्ताहरुले खरिद गर्ने समयमा मुलुकभर लगातार परेको पानीको कारण बाढी पहिरोले प्रभावित बनाएको छ ।

    बाढी पहिरोका कारण विगतको तुलनामा यो वर्ष २० प्रतिशत जुत्ताचप्पलको विक्री कम हुने अवस्था देखिएको छ । १० करोड जुत्ता बन्ने तर ४ करोड जुत्ता यही समयमा बेच्ने गर्छौं । व्यापार व्यवसाय चल्न उपभोक्ताको मुभमेन्ट हुनुपर्छ । फुटवेयर क्षेत्र राम्रो हुँदै गएको छ । उद्योगीहरुले उत्पादन गरेको जुत्ताचप्पलहरु नेपाली नागरिकलाई पुर्याएर विदेशमा निर्याततर्फ ध्यान केन्द्रित भएको छ । बजारमा अहिले ८० प्रतिशत नेपाली जुत्ताचप्पल रहेको छ ।’

    नेपाली जुत्ता–चप्पल करिव २ हजार बढी उद्योग छन् । नेपाल जुत्ता उत्पादक संघका जुत्ता–चप्पल उद्योगमा ३० अर्ब रूपैयाँभन्दा धेरै लगानी छ । उद्योगहरुले वार्षिक ३५ अर्ब रुपैयाँ भन्दा बढीको बराबरको कारोबार गर्ने गरेका छन् । वार्षिक कारोबारको हिसावले दशैँमा ४० प्रतिशत व्यापार हुने हुँदा करिव १४ अर्ब रुपैयाँको कारोबार दशैँको समयमा गर्ने गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend