असोज १२ काठमाडौं- गुणस्तरहिन र मापदण्डविपरीत ह्यान्ड स्यानिटाइजरको बिक्री वितरण गर्ने काठमाडौंको कालिका सोप एन्ड केमिकल्स प्रालि कारबाहीमा परेको छ। औषधि व्यवस्था विभागले सो कम्पनिको स्यानिटाइजर बिक्री वितरणमा रोक लगाएको हो ।
मानव स्वास्थ्यमा गम्भीर असर पार्ने खालका रसायन मिसाएर गुणस्तरहिन स्यानिटाइजर निर्माण गरेकोले कारवाही गरिएको विभागले जनाएको छ।
सो कम्पनिका अन्य उत्पादनको गुणस्तरलाई लिएर पनि उपभोक्ताहरुको गुनासो बढिरहेका बेला विभागले स्यानिटाइजर बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो। विभागको कारवाहीपछि आफुले उक्त स्यानिटाइजर उत्पादन बन्द गरेको कम्पनीले जनाएको छ।
कालिकासहित ओम आरोग्य हेल्थकेयर प्रालिको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, साधना सप्लायर्सको साधना इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर, पर्साको आर केमिकल इन्डस्ट्रीको क्लिन ह्यान्ड स्यानिटाइजर, बनेपाको कुमकुम हर्बल इन्डस्ट्रीको कुमकुम ह्यान्ड स्यानिटाइजर पनि प्रतिबन्धमा परेका छन्।