logo

२०८१ पुष २० शनिबार

logo
  • शनिबार, २० पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    सरकारको निर्णय मान्दैनौँ भन्ने निजी अस्पतालको स्वीकृति खारेज गरिदिने चेतावनी

    सरकारको निर्णय मान्दैनौँ भन्ने निजी अस्पतालको स्वीकृति खारेज गरिदिने चेतावनी

    2K
    Shares

    असोज १४ काठमाडौं- सरकारको निर्णय मान्दैनौँ भन्ने निजी अस्पतालको स्वीकृति खारेज गरिदिने चेतावनी दिएको छ।

    कोरोना परीक्षणमा सरकारले तोकेको शुल्क २००० भन्दा झन्डै दोब्बर ३८९९ लिने भन्दै विज्ञप्ति निकाल्ने ८ निजि अस्पतालको ल्याबको स्वीकृति नै खारेज गरिदिने चेतावनी सरकारले दिएको हो।

    २४ घण्टाभित्र तोकिएको भन्दा बढी शुल्क लिने निर्णय नसच्याएमा प्रयोगशाला स्वीकृति खारेज गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। मन्त्रालयको इन्डिसेन्ट कमाण्ड सिस्टमको बैठकले बुधबार यस्तो निर्णय गरेको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।

    गुणस्तर मापन तथा नियमन महाशाखाले दिएको प्रतिवेदन अनुसार विभिन्न आठ प्रयोगशालाले बढी शुल्क लिएको पाइएपछि यस्तो निर्णय गरेको गौतमको भनाइ छ।

    ह्याम्स अस्पताल, स्टार अस्पताल, मेडिसिटि अस्पताल, बि एण्ड बि अस्पताल, डिकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टर, सौर्य हेल्थ केयर, सेन्ट्रल डायगनोस्टिक ल्याबोरेटोरि एण्ड रिसर्च सेन्टर, इन्ट्राप्रिड डायगनोस्टिक सेन्टरले एक विज्ञप्ति निकाल्दै विश्व श्वास्थ्य संगठनको मापदण्ड बमोजिम उपयुक्त शुल्क ३८९९ नै लिने बताएका थिए।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend