असोज १५ काठमाडौं – मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएसंगै सचिव शंकरदास बैरागी नयाँ मुख्यसचिव बन्ने भएका छन्। आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।
यसअघिका मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन्। मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ गतेसम्म थियो।
बैरागी परराष्ट्र मन्त्रालयमा कार्यरत थिए।