असोज १५ काठमाडौं – प्रधानमन्त्री केपी ओलीले आफूखुसी राजदुतहरु नियुक्त गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्ष असन्तुष्ट भएको छ।
कुनै छलफल नै नगरी पार्टीको निर्णयविपरीत ओलीले नियुक्तिमा एकलौटी गरेको भन्दै प्रचण्ड असन्तुष्ट भएका हुन्।
सरकारका महत्त्वपूर्ण नियुक्तिबारे पार्टीमा सल्लाह गर्ने स्थायी कमिटी बैठकको निर्णय र सचिवालय बैठकमा भएको सहमतिविपरीत राजदूतहरू नियुक्त गरिएको प्रचण्ड निकट स्रोतको भनाइ छ।
पार्टी निर्णय नमानी आफूखुसी निर्णय गरेर ओलीले फेरी सहमति पालाना नगरेकोले असन्तुष्टि सृजना भएको हो।
यसअघि सचिवालय र स्थाई कमिटि बैठकमा सरकारले महत्वपूर्ण निर्णय पार्टीमा छलफल गरेर गर्नुपर्ने सहमति बनेको थियो।