मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घद्वारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घद्वारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

काठमाडौँ । हालैको बाढीपहिरोबाट पीडित भएकाहरुको सहयोगार्थ कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहायता रकम प्रदान गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको सरकारी निवासमा आज कोषका प्रमुख प्रशासक जीतेन्द्र धितालसहित सञ्चालक सदस्यले दुई करोड रुपैयाँको चेक हस्तान्तरण गरे ।

यसैगरी, नेपाल प्रहरी श्रीमती सङ्घका अध्यक्ष लक्ष्मी कुँवरले पाँच लाख ५५ हजार ५५५ रुपैयाँको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend