logo

२०८१ पुष २० शनिबार

logo
  • शनिबार, २० पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    विशाल ग्रुपको ठगिधन्दा: म्याद गुज्रेका खाद्यवस्तु बजारभरि,ग्राहक झुक्याउन यस्तो खेल

    विशाल ग्रुपको ठगिधन्दा: म्याद गुज्रेका खाद्यवस्तु बजारभरि,ग्राहक झुक्याउन यस्तो खेल

    1.7K
    Shares

    असोज १६ काठमाडौं – उपभोक्ताको स्वास्थ्यको कुनै प्रवाह नगरी म्याद गुज्रेका खाद्यवस्तु विक्री गर्ने विशाल ग्रुपको ठगिधन्दा सतहमा आएको छ।

    बिहीबार महानगरीय प्रहरी अपराध महाशाखा, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले काठमाडौंको कलंकीस्थित ३ वटा व्यापारिक स्टोरमा छापा मार्दा विशाल ग्रुपले उत्पादन गरेका म्याद गुज्रेका खाद्यवस्तुमा पुनः नयाँ म्याद राख्दै गरिएको भेटिएको हो।

    यस्तो आपराधिक गतिबिधिमा संलग्न कम्पनीहरुमा आयान डिस्ट्रिब्युटर र अमेजन डिस्टिब्युटर रहेको र तिनको कनेक्सन विशाल ग्रुपसंग रहेको अनुसन्धानबाट खुल्न आएको छ।

    म्याद सकिएको खाद्य वस्तुमा नयाँ स्टिकर लगाई फेरि बजारमा पठाउने तयारी गर्दै गर्दा प्रहरीले ८ जनालाई पक्राउ समेत गरेको छ।

    स्निकर, आलु चिप्स, बिस्कुटलगायतका खाद्यबस्तुमा नयाँ मिति राख्दै बजारमा पुर्याउने विशाल ग्रुपले यसरी उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरिरहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend