सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

दशैँ अघिको अन्तिम दिन शेयर बजार बढ्यो, तीन अर्ब बढी कारोबार

दशैँ अघिको अन्तिम दिन शेयर बजार बढ्यो, तीन अर्ब बढी कारोबार

काठमाडौँ । दशैअघिको अन्तिम कारोबारमा शेयर बजार झिनो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ४.८५ अंकले बढेर २६६८.१७ को विन्दुमा कायम भएको छ ।

आज १३० कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज कारोबार भएका २९४ वटा कम्पनीहरुको ८३ लाख १२ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ तीन अर्ब ७६ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ । जसमा आज १३० वटा कम्पनीको शेयरमूल्य बढ्न गएको छ भने १०२ वटाको शेयरमूल्य राताम्मे बनेको छ ।

बुधबारका दिन विकास बैंक, लगानी र जीवन बीमा उपसूचकमा बाहेक अन्य सबैको शेयरमूलयमा हरियाली छाएको छ ।

आज नेपाल फाइनान्स कम्पनीको २२ लाख १ हजार रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा बैंकको १८ लाख ९८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १५ लाख ७२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । अपर स्याङगे हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ९३ प्रतिशत र राप्ती हाइड्रोले ९ दशलमव ६५ प्रतिशतका दरले कमाएका छन् ।

आज थ्रि स्टार हाइड्रोका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend