logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • तीन अमेरिकी अर्थशास्त्रीले पाए अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

    तीन अमेरिकी अर्थशास्त्रीले पाए अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

    609
    Shares
    तीन अमेरिकी अर्थशास्त्रीले पाए अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

    एजेन्सी । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । रोयल स्वीडिस एकेडेमी अफ साइन्सले सोमबार अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई संयुक्त रूपमा हस्तान्तरण गर्ने घोषणा गरिएको हो ।

    म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, सोही इन्स्टिट्यूटका साइमन जोन्सन र सिकागो विश्‍वविद्यालयका जेम्स रोबिन्सनलाई पुरस्कार समितिले पुरस्कृत गर्ने निर्यण गरेको छ ।

    अर्थशास्त्र तथा आर्थिक विज्ञान विधातर्फ यस वर्षको नोबेल पुरस्कार तीन जना अर्थशास्त्रीले संयुक्त रूपमा पाउने छन् ।

    ती अर्थशास्त्रीले देशको समृद्धिमा त्यस देशमा भएका सामाजिक संस्थाहरूको महत्वका बारेमा गरेको योगदानस्वरुप पुरस्कार प्रदान गरिएको जनाइएको छ । यसबाट राष्ट्रहरू बिचको समृद्धिमा भिन्नता देखाएको एकेडेमीले उल्लेख गरेको छ । कानुनी शासनको मामिलामा कमजोर रहेको एवं समाज र जनसङ्ख्याको शोषण गर्ने संस्थाले समृद्धि वा परिवर्तनका लागि योगदान गर्न सक्दैनन् भन्ने विषयलाई विजेताहरूको अनुसन्धानले बुझ्न मद्दत गरेको एकेडेमीले उल्लेख गरेको छ ।

    पुरस्कारका विजेताहरूले युरोपेली मुलुकहरूले उपनिवेश गरेका अर्थतन्त्र र त्यसको संस्थागत अवस्था तथा उपनिवेशपछिको संस्थागत अवस्थाको बारेमा अध्ययन गरेका छन् । यस क्रममा समावेशीकरणका लागि ल्याइएका संस्थाका कारण पहिले धनी भएका औपनिवेशिक मुलुक पनि अहिले कमजोर अवस्थामा पुगेको उनीहरूको अध्ययनको निष्कर्ष छ ।

    समावेशीकरणका लागि सिर्जित संस्थाले दीर्घकालीन फाइदा गर्ने भए पनि सत्तामा रहेका व्यक्तिले अल्पकालीन लाभको लागि प्रयोग गर्ने गरेले यसले परिणाम दिन नसकेको उनीहरूको निष्कर्ष छ । राजनीतिक प्रणालीको नियन्त्रण यी संस्थाहरू रहुन्जेल यी संस्थाले गर्ने आर्थिक सुधारका प्रतिविद्धताबारे कसैले विश्वास नगर्ने समेत उनीहरूको अध्ययनको निष्कर्ष छ ।

    विजेताहरूका अनुसार विभिन्न देशको बिचमा बढ्दै गएको आम्दानीको भिन्नता कम गर्नु अहिलेको समयको सबैभन्दा ठुलो चुनौती हो । पुरस्कारका लागि गठित समितिका अध्यक्ष जाकोब स्वेन्सन भन्छन्, ‘पुरस्कार विजेताहरूले यो चुनौतीलाई सामना गर्दै सफलता हासिल गर्न सामाजिक संस्थाको महत्त्व के हुन्छ भन्ने विषय प्रस्ट पारेका छन् ।’

    पुरस्कार पाउने डारोन असिमोग्लु म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीसँग आबद्ध छन् । साइमन जोनसन एमआईटी स्लोन स्कूल अफ मैनेजमेन्टसँग आबद्ध छन् । अर्थशास्त्री जेम्स रोबिन्सन हार्वर्ड विश्वविद्यालयका अर्थशास्त्री हुन् ।

    यसअघि कसले पाएका थिए ?
    २०२३ : क्लाउडिया गोल्डिनलाई श्रमबजारमा महिलाले पुर्‍याएको योगदानबारे विशिष्ट अध्ययन गरेकोमा

    २०२२ः बेन बेर्नाकेलाई डग्लस डाइअमन्ड र फिलिप डिब्भिगलाई ब्याङ्क तथा वित्तीय सङ्कटबारे गरिएको अनुसन्धानका लागि

    २०२१ : डेभिड कार्डलाई श्रम अर्थशास्त्रको क्षेत्रमा पुर्‍याएको योगदानका लागि, तथा डी एन्ग्रेस्ट र गुइडो डब्ल्यू इम्बेन्सलाई कारण सम्बन्धहरूको विश्लेषणमा पद्धतिगत योगदानका लागि

    २०२० : पोल मिल्ग्रोम र रोबर्ट बी विल्सनलाई लिलामी सिद्धान्तमा सुधार र नयाँ लिलामी ढाँचाको विकासका लागि

    २०१९ः अभिजित बनर्जी, एस्टेर डुफ्लो र मिखाइल क्रेमरलाई “विश्वव्यापी गरिबी निवारणसम्बन्धी प्रयोगात्मक शैलीका लागि

    २०१८ः विलियम डी नोर्डहाउसलाई जलवायु परिवर्तनलाई दीर्घकालीन बृहत् आर्थिक विश्लेषणमा एकीकृत गर्ने कार्यका लागि, तथा पोल रोमरलाई दीर्घकालीन म्याक्रोइकोनोमिक विश्लेषणको एकीकृत प्राविधिक विकास गर्ने कार्यका लागि

    २०१७ः रिचर्ड थ्यालरलाई व्यवहारवादी अर्थशास्त्रमा उनको योगदानको लागि

    २०१६ः ओलिभर हार्ट र ब्याङ्ट थोलस्ट्रौमलाई करार सिद्धान्तमा उनीहरूले पुर्‍याएको योगदानका लागि

    २०१५ः एङ्गस डीटनलाई खपत, गरिबी र कल्याणबारे उनको विश्लेषणका लागि पाएका थिए ।

    यो पनि :

    स्विडिस व्यवसायी तथा डाइनामाइटका आविष्कारक अल्फ्रेडले किन स्थापना गरे नोबेल पुरस्कार ?


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend