
काठमाडौं । कारोबार साताको दोस्रो दिन अर्थात बुधबार पनि शेयर बजारमा हरियाली छाएको छ । शेयर बजार बुधबार पनि दोहोरो अंकले उकालो लागेको छ । नेप्से परिसूचक आज ४३.२२ अंकले बढेर २७४२.८८ को विन्दुमा उक्लिएको हो ।
बजार बढ्दा २०६ कम्पनीको शेयरभाउ बढेको छ भने ३५ कम्पनीको शेयरभाउ घटेको छ । आज ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ ।
आज ५ अर्ब ६६ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
शेयर बजार बढेसँगै नेपाल फाइनान्स र हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । जसमा नेपाल फाइनान्सको १५ करोड नौ लाख रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको १५ करोड चार लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, एनआइसी एशिया बैंकको १४ करोड रुपैयाँ, गूडविल फाइनान्सको १३ करोड रुपैयाँ र एचआईडीसी कम्पनीको १३ करोड रुपैयाँले सबैभन्दा बढी कारोबार भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी व्यापार समूह ३.४४ प्रतिशतले घटेको छ ।
त्यस्तै बैंकिङ १.९८, विकास बैंक १.८५, फाइनान्स ०.८६, होटल तथा पर्यटन १.४९, हाइड्रोपावर २.१३, लगानी ०.६९, जीवन बीमा १.८०, उत्पादन १.३६, माइक्रोफाइनान्स १.४८, निर्जीवन बीमा १.३८ तथा अन्य समूह ०.५७ प्रतिशत बढे ।
आज विजय लघुवित्त र इन्टर्न हाइड्रोपावरका शेयरधनीहरुले ९ प्रतिशत बढीले कमाएका छन् ।
आज अप्पर सांगे हाइड्रोपावरको शेयरधनीहरुले शेयरभाउमा १० प्रतिशतले गुमाएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend