सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

जनार्दन शर्मा र घनश्याम भूसालबीच भेटवार्ता, के भयो छलफल ?

जनार्दन शर्मा र घनश्याम भूसालबीच भेटवार्ता, के भयो छलफल ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालबीच समसामयिक राजनीतिबारे छलफल भएको छ। दुई नेताबीच बिहीबार करिब एक घण्टा भएको छलफलमा कम्युनिस्ट पार्टीबीचको सहकार्य, एकता, आन्दोलन, पछिल्लो देशको अवस्था तथा राजनीतिक घटनाक्रमबारे छलफल भएको बुझिएको छ ।

कुराकानीमा कम्युनिष्ट आन्दोलनलाई नयाँ सिराबाट लैजाने विषयमा कुराकानी भएको स्रोतले बतायो ।

दुई नेताबीच भएको छलफलमा देशको राजनीतिक अवस्था र अबको समाजवादी क्रान्तिको नेतृत्व सबै कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्दा मात्र सम्भव भएको र यसका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्ने विषयमा पनि कुराकानी भएको स्रोतको दाबी छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend