काठमाडौँ । प्रमुख प्रतिपक्षी दलहरुले सरकारलाई ज्ञापनपत्र बुझाउने भएका छन् ।
आज बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको बैठकले सरकालाई जनसरोकारको विषयमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो ।
जनसरोकारका विषयमा सरकारले गम्भीरता र जिम्मेवारीका साथ काम नगरेको निष्कर्ष बैठकले निकालेको छ । पार्टीगत र निहीत स्वार्थलाई सरकारले प्राथमिकता राखेको बताएको हो ।
बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), लोसपा र आम जनता पार्टीका शीर्षसहित नेताहरू सहभागी थिए।
बैठकमा माओवादी अध्यक्ष दाहाल, उपमहासचिव शक्तिबहादुर बस्नेत, रास्वपा सभापति रवि लामिछाने, उपसभापति डिपी अर्याल र स्वर्णिम वाग्ले, सांसदहरू शिशिर खनाल, सुमना श्रेष्ठ, बिराजभक्त श्रेष्ठ सहभागी थिए।
साथै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष महन्त ठाकुर, आजपा अध्यक्ष प्रभु शाह पनि बैठकमा सहभागी थिए।