काठमाडौँ । प्रमुख प्रतिपक्षी दलहरुको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ पर्न सक्ने विषयमा पनि छलफल भएको छ ।
बैठकमा सरकारले लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गर्न खोजे प्रतिवाद गर्ने निर्णय समेत गरेको छ ।
सरकारले राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गर्न खोजिएको गुनासो रास्वपाका नेताहरुले गरेका छन् । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रास्वपा नेता विराजभक्त श्रेष्ठले निस्पक्ष अनुसन्धानलाई सघाउन सभापति लामिछाने तयार भए पनि पूर्वाग्रही व्यवहार स्वीकार्य नहुने बताए ।
सरकार नेताहरुलाई पक्राउ गरेर तर्साउने रणनीतिमा लागेको समेत निष्कर्ष बैठकले निकालेको छ ।