logo

२०८१ कार्तिक ३ शनिबार

logo
  • शनिबार, ३ कार्तिक २०८१
  • कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न नयाँ ढंगले सोच्न जरुरी छ : जनार्दन शर्मा

    कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न नयाँ ढंगले सोच्न जरुरी छ : जनार्दन शर्मा

    203
    Shares
    कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न नयाँ ढंगले सोच्न जरुरी छ : जनार्दन शर्मा

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले माओवादी र कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नका लागि नयाँ ढंगले सोच्न जरुरी रहेको बताएका छन् । शनिबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले केही असन्तुष्टिका कारण तितरवितर भएको माओवादी आन्दोलनलाई एकतावद्ध गर्न ठूलो छाति गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले जनजीविकाको सवालमा आज जनताले प्रश्न गरिरहेको भन्दै प्रश्नको सम्बोधन गर्नु राजनीतिक दलहरुको दायित्व भएको बताए । उनले पीडित वर्गका बालबालिकाहरुले रोजगारी, सहज शिक्षा, गुणस्तरीय उपचार पायो की पाएन ? भन्नेकुरा मुख्य भएको पनि बताए ।

    उनले भने, ‘जनजीविकाको सवालमा आज जनताले प्रश्न गरिरहेका छन् । हामीसँग असन्तुष्टि व्यक्त गरिरहेका छन् । हामीलाई प्रश्न सोधिरहेका छन् । आज एउटा गरिवको छोराले रोजगारी पायो की पाएन ? आज एउटा पीडित वर्गका बालबालिकाहरुले रोजगारी, सहज शिक्षा पायो की पाएन ? आज सरल रुपमा गुणस्तरीय उपचार पायो की पाएन भन्ने विषयहरु आज तेर्सिएका छन् । राजनीतिक पार्टीहरुका अगाडि तेर्सिएका प्रश्न हुन् ।

    माओवादीका लागि तेर्सिएका प्रश्न हुन् । यि कुराहरुको सम्बोधन आज जनताले चाहेका छन् । जनजीविकाको सवाललाई सम्बोधन गर्न सक्नु आजका राजनीतिक पार्टी र हाम्रो पार्टीको मुख्य काम हो ।’

    उपमहासचिव शर्माले समावेशी र संघीयताका मुद्दालाई वर्तमान गठबन्धनले नजरअन्दाज गरेको आरोप लगाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend