logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • चिलिमेले २० अर्बमा सेती नदी बनाउँदै, विद्युत उत्पादन लाइसेन्स दिन विभागको तयारी

    चिलिमेले २० अर्बमा सेती नदी बनाउँदै, विद्युत उत्पादन लाइसेन्स दिन विभागको तयारी

    1.5K
    Shares
    चिलिमेले २० अर्बमा सेती नदी बनाउँदै, विद्युत उत्पादन लाइसेन्स दिन विभागको तयारी

    काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशमा ८७ मेगावाटको सेती नदी–३ अर्धजलासय आयोजना बनाउन लागेको छ ।

    सेती नदी आयोजना बनाउन चिलिमेले अनुमतिपत्र (लाइसेन्स) लिन विद्युत विकास विभागमा निवेदन दिएको छ । आगामी ३५ दिनपछि चिलिमेले आयोजनाबाट विद्युत उत्पादन गर्न लाइसेन्स पाउने भएको छ ।

    अर्धजलाशय सेती नदी–३ बनाउन १९ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ लागत रहने अनुमान गरिएको छ । आयोजनाबाट वार्षिक सरदर ४८ करोड २५ लाख युनिट विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाबाट आउँदो पाँच वर्ष अर्थात सन् २०२८ मे १० मा बिजुली उत्पादन गर्ने लक्ष्य तय गरिएको छ ।

    आयोजनाको १ घण्टा पिकिङ समय रहने छ । आयोजनाको डिजाइन बहाव प्रतिसेकेन्ड ८४.६० घनमिटर रहेको छ भने कूल हेड १ सय २४ मिटर हुनेछ । आयोजनाको भौतिक संरचना जयपृथ्वी नगरपालिकाको सेती नदीको बायाँ किनारमा रहने प्रस्ताव गरिएको छ ।

    आयोजनाको बाँधको लम्बाइ ६७ मिटर र उचाइ १६ मिटर हनेछ । विद्युुतगृहमा २९ मेगावाट क्षमताका तीनवटा जेनेरेटर जडान हुने भएको छ ।

    आयोजनाबाट उत्पादन हुने बिजुली १२ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमाफर्त बझाङ सबस्टेशन कैलाशमा जोडिने भएको छ । आयोजनाबाट बझाङको जयपृथ्वीका साथै खप्तछान्ना गाउँपालिका, मष्टा गाउँपालिका, छविसपाथिमेर गाउँपालिका र थलारा गाउँपालिका प्रभावित हुने आयोजनाले जनाएको छ ।

    पश्चिम सेती जलविद्युत परियोजनाको माथिल्लो भागमा अवस्थित एसआर–३ परियोजना बझाङमा पर्छ ।

    सेती करिडोरका जलविद्युत परियोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण ग्रीडमा जोड्नका लागि भारत सरकारको सहुलियत ऋण (लाइन अफ क्रेडिट) सुविधामा चैनपुर–वनलेक–न्यू अत्तरिया ४०० केभी क्षमताको १ सय ५० किलोमिटर लामो प्रसारण लाइन राष्ट्रिय प्रसारण ग्रीड कम्पनीमार्फत कार्यान्वयन हुँदैछ ।

    परियोजनाको विद्युत गृहदेखि चैनपुरसम्म जोड्ने १६ किलोमिटर प्रसारणलाइन परियोजना आफैंले निर्माण गर्नेछ ।

    एकसाथ चार आयोजना बनाउँदै चिलिमे

    चिलिमे हाइड्रोपावरले सहायक कम्पनीहरुमार्फत थप चार जलविद्युत आयोजना अघि बढाएको छ । चिलिमेले ८७ मेगावाटको सेती नदी–३ अर्धजलासय, ८१ मेगावाटको बुढीगण्डकी प्रोक, ९१ मेगावाटको बुढी गण्डकी र ४५ मेगावाटको स्यारखालो आयोजना अघि बढाएको हो । आयोजनाको जडित क्षमता ३ सय ४ मेगावाट छ ।

    विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारीको काम चिलिमे इन्जिनियरिङ सर्भिसेस लिमिटेडबाट भइरहेको छ । चारवटै आयोजना बनाउन चिलिमेले कर्मचारी सञ्चय कोषबाट ऋण लिने भएको छ ।

    बुढीगण्डकी प्रोक जलविद्युत आयोजना बनाउन १६ अर्ब ४५ करोड ५४ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । बुढीगण्डकी प्रोकबाट २०८५ भदौ २८ मा विद्युत उत्पादन प्रस्ताव गरिएको छ ।

    नदी प्रवाही (आरओआर) आयोजनाबाट वार्षिक ४४ करोड ७० लाख ३० हजार युनिट बिजुली उत्पादन हुने डिपिआरले देखाएको छ ।

    आयोजनाको मुख्य संरचना बुढीगण्डकी नदीको दायाँ किनारमा रहने प्रस्ताव गरिएको छ । नदीमा बाँध बाँधेर बिजुली उत्पादन गर्न पानी भूमिगत विद्युतगृहमा लगिने छ । आयोजनाको तीनवटा एक्सिस फ्रान्सिस टर्बाइनमा पानी खसाली विद्युत उत्पादन गरिने छ ।

    आयोजनाबाट उत्पादन हुने बिजुली १५ किलोमिटर दुरीमा रहेको २ सय २० केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको लिपाङ बिहारथोक सबस्टेसनमा जोडिने छ । बुढीगण्डकी प्रोक र सेती आयोजना बनाउन कूल ३६ अर्ब १२ करोड रुपैयाँ लाग्ने संभाव्यता अध्ययनले देखाएको छ ।

    बुढीगण्डकी प्रोक विद्युतगृहदेखि नजिकको सबस्टेसनसम्म प्रसारणलाइन परियोजना आफैंले निर्माण गर्ने छ । आयोजना गोरखाको चुमनब्री गाउँपालिकाको वडा नम्बर ४ र ५ मा पर्छ । अर्धजलाशय सेती नदी–३ को १९ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ लागत रहने अनुमान छ ।

    त्यस्तै, बुढीगण्डकी प्रोक विद्युत गृहदेखि नजिकको सबस्टेशनसम्म प्रसारणलाइन परियोजना आफैंले निर्माण गर्नेछ ।

    बाँधमा ३ लाख घनमिटर क्षमताको पोखरी बन्ने छ । आयोजनाको सुरुङ ४.२ किलोमिटर लामो हुनेछ ।

    चिलिमेले सहायक कम्पनीमार्फत निर्माण गरिरहेको १ सय ११ मेगावाटको रसुवागढी, ४२ मेगावाटको माथिलो तथा तल्लो सान्जेन र १ सय २ मेगावाटको मध्य भोटेकोसी आयोजनाको निर्माण जारी छ । यी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । भूकम्प, नाकावन्दी, बाढी र पछिल्लो समयमा कोरोना महामारीले आयोजनाको काम अवरुद्ध हुँदै आएको छ । १४.९ मेगावाटको माथिल्लो सान्जेनबाट बिजुली उत्पादन भइरहेको छ ।

    चिलिमेले २२ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ । ४ वटा आयोजनाबाट बिजुली उत्पादन सुरु भएपछि चिलिमे आर्थिक रुपमा सबल हुन गई लगानीकर्तालाई बढी प्रतिफल दिन सक्षम हुनेछ ।

    यो पनि : 

    जलविद्युतमा आक्रामक चिलिमे हाइड्रोपावर, ३०४ मेगावाटका चार आयोजना बनाउँदै


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend