शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

साफ वुमन्स च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध नेपालको फराकिलो जित

साफ वुमन्स च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध नेपालको फराकिलो जित

काठमाडौं । वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले माल्दिभ्सविरुद्ध फराकिलो जित निकालेको छ । नेपालले माल्दिभ्स विरुद्ध गोलको वर्षा गर्दै ११–० को फराकिलो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलको एक्लैले पाँच गोल गरिन् । यस्तै प्रीति राईले पनि ह्याट्रिक गरिन् । सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले एक–एक गोल गरे ।

खेलमा पहिलो गोल नेपालले सातौं मिनेटमा गरेको थियो । प्रीतिले नेपाललाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा ४–० गोलले अगाडि रहेको नेपालले दोस्रो हाफमा ७ गोल थपेको थियो । ७ र ६५औं मिनेटमा सुरुका दुई गोल गरेकी प्रीतिले ८८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् ।

नेपालका लागि रेखाले पनि ५ गोल गरेकी थिइन् । उनी ८३औं मिनेटमा सब्स्टिच्युट भएकी थिइन् । पहिलो हाफको ३२ र ४२औं मिनेटमा गोल गरेकी रेखाले ४८ औं मिनेटमा ह्याट्रिक पूरा गरेकी थिइन् । उनले ६३ र ७८औ‌ मिनेटमा २ गोल थपेकी थिइन् ।

नेपालको २ खेलबाट ४ अंक भएको छ । भुटानको पनि २ खेलबाट ४ अंक छ । भुटानले सोमबार भएको खेलमा श्रीलंकालाई ४–१ गोलले हराएको थियो ।

नेपालले समूहको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । माल्दिभ्सले सोही दिन भुटानको सामना गर्नेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend